अंग्रेजी शिक्षकका लागि ५ दिन तालिम

टीकापुर, २० चैत/विद्यालयमा भाषिक सीप शिक्षण रणनीति सम्बन्धी सामुदायिक विद्यालयका अंग्रेजी शिक्षकका लागि ५ दिन तालिम टीकापुरमा शुरु भएको छ ।
तालिम उद्घाटन गर्दै टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहले मानिस सफल हुनका लागि लगनशिल र अनुशासित हुनुपर्नेमा जोड दिदै शिक्षाको गुणस्तर बढाउन नयाँ ढङ्गले योजना ल्याए आफुले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका का शिक्षा अधिकृत नरेश अवस्थीले बास्तवमै अग्रेजी भाषा कठिन नभएको र हामी आफैले अंग्रेजी भाषालाई हल्लाहल्लैमा कठिन बनाएको बताउनुभयो । अधिकृत अवस्थीले शिक्षक तालिम का लागि ईन्टरनेटमा विभिन्न साधन उपलब्ध हुने भएकाले शिक्षकले आफ्नो व्यावसायिकताका लागि ईन्टरनेटमा गएर खोजी गर्ने बानीको विकास गर्न आग्रह गर्नुभयो ।
सरस्वति मावि बनगाउँको आयोजनामा भएको तालिम द युएस डिपाटमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेशन एण्ड कल्चर अफ्रिकाको प्रायोजन र युएस सरकारको आर्थिक सहयोग तथा आइ आर इ एक्स को व्यवस्थापनमा आयोजना भएको हो । बनगाउँका अंग्रेजी शिक्षक सम्झना अर्यालले गत वर्ष अमेरिकामा ४५ दिने शिक्षण तालिम लिएपश्चात उहाँकै पहलमा यो तालिम टीकापुरमा भएको उहाँले बताउनुभयो । तालिमका संयोजक तथा शिक्षक अर्यालले शिक्षकहरुले विद्यालयमा राम्रो अंग्रेजी शिक्षण गर्न सकुन भनी यो तालिम आयोजना गरिएको बताउनु        भयो ।


सरस्वति मावि बनगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल, सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी, जनजागृति माविका पूर्व प्रधानाध्यापक ललिता शाही, पत्रकार
महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कला विष्ट लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत विद्यालय का प्रधानध्यापक खगेन्द्र बहादुर घर्तिमगरले गर्नुभएको थियो भने सञ्चालन शिक्षक रामलाल चौधरीले गर्नुभएको थियो ।