सम्पादकीय
नेपालको अवस्था यति तरल भइसक्यो कि कुनै पनि कामको बिश्लेषण आम नागरिकले आफै गर्न थालेका छन् । सर्बाेच्च अदालतले रबी लामिछानेका बिषयमा दिएको निर्णयबाट आम नागरिकले आहत महशुस गरेका छन् । राजनीतिक दलका खाटी कार्यक्रर्ता बाहेक अरुले ठूलो अपराध होइन रबीले काम गर्न थाले भनेर राजनीतिक दलका नेताहरु हतास मनस्थितीमा पुगेको बिश्लेषण गर्न थालेका छन् । कानूनी पाटोले सर्बाेच्चको निर्णय ठिक छ तर नेताहरुको व्यबहारले गर्दा जनता बिश्वास गर्न तयार छैनन् । अदालत प्रति नै आशंका गर्न थालेका छन् यसको एउटै कारण हो अदालतको व्यबहार र राजनीतिक दलका नेताहरुले देखाउँदै आएको व्यबहार । नागरिकलाई खुसि पार्ने भन्दा पनि सत्ता टिकाउन राजनीतिक दलका नेताहरुले देखाउँदै आएको अराजकताले रबी लामिछानेका बारेमा आफै न्यायाधीस हुन थालेका छन् । राज्य असफल भएको संकेत हो यो । राज्य असफल भयो भने हरेक निर्णय जनता आफैले गर्न थाल्छन् । अराजकता बढ्दै जाने हो भने जनताले कानुन हातमा लिन बेर छैन । हवाई दुर्घटना भयो । ७२ जनाको दुखद ज्यान गयो सरकारले छानविन समिति गठन गरेर समाधान खोज्न थाल्यो तर जनताले पुराना जहाज भएकै कारण दुर्घटना भयो भनेर आफै प्राबिधिक भए तर सरकारको कुरा पत्याएनन् । यसरी नागरिकले आफै बिश्लेषण गर्दै जाने हो भने राज्यका निकाय गौण हुन्छन् । नागरिक आफैले निर्णय गर्न बाध्य बनाउने राज्य संयन्त्रकै कारण आज नेपाल बद्नाम भइरहेको छ । हरेक क्षेत्र तहस नहस छ यस्तो अवस्थामा सत्तामा बसेका नेताहरु गम्भिर हुनुको साटो मोज मस्ती र लुट्नमा मस्त छन् । यतिखेर जनता सचेत हुन थालेको आभास आउन थालेको छ । जनता जाग्न जरुरी छ । नेताहरुले भाषण गर्दै बर्षाै देखि ठग्दै आएका छन् । अब जनता आफै अग्रसर भएर देशका बारेमा सोच्न जरुरी छ ।