सम्पादकीय
नेपाली समाजमा अराकजता बढ्दै गएको छ । पञ्चायत निरंकुस भयो भनेर आन्दोलन त भयो तर प्रजातन्त्र र त्यसपछि आएको गणतन्त्रमा हरेक व्यक्ति अराजक हुन थालेको छ । सत्तामा बसेका नेता र कार्यकर्ताको बानी र व्यबहारले जे गरेपनि हुन्छ भन्ने मानसिकताको विकास भइरहेको छ । सत्ता र शक्तिको आडामा एकअर्कालाई थिचोमिचो गर्ने संस्कारको विकास भइरहेको छ । मेरो अधिकार के हो ,कर्तव्य के हो भनेर बिचार गर्नुको साटो म र मेरो मान्छेमा शक्ति छ भन्दै दम्भ प्रदर्शन गर्ने गरिएको छ । सत्तामा आफ्नो पार्टी छ भने जे गरेपनि संरक्षण गरिहाल्छन् भन्ने सोचले काम गर्दा हरेक व्यक्ति अराजक भएको छ । सरकारी निकाय पनि शक्तिको आडमा भएको व्यक्तिलाई एउटा व्यबहार र सत्तामा नभएको व्यक्तिलाई अर्को व्यबहार गर्ने गर्छन् । निस्पक्ष रुपमा काम गर्नुपर्ने कर्मचारी सत्ता र शक्तिको कुरा बुझ्न थाल्छन् । सत्तामा बसेकाहरुले जे गर भन्यो त्यही गर्ने संस्कार बसेको छ । यसरी शक्तिको आडमा दिइने सेवाले नागरिकलाई न्याय हुने कुरै भएन । टीकापुर ८ को श्रीलकांमा केहीले जग्गा नाप्न अबरोध गरेका छन् । सरकारी कार्यालयको काम अबरोध गर्नु भनेको कानुन विपरित कुरा हो तर सुरक्षा दिने प्रहरी मुक दर्शक हुन्छ । जग्गाको सीमाकनमा बिबाद भए नाप्ने काम नापीको हो । लाजपूर्जा र नक्सा भएको जग्गा नाप्न दिन्नौं भन्छन् तर सरकारी निकाय केही गर्न सक्दैन । २०२१ ÷०२१ सालमा पाएको लालपूर्जा हातमा लिएर बसेका जग्गाधनीहरु आफ्नो सीमाकंन छुट्याउन सरकारी कार्यालय धाइरहेका छन् त्यही एउटा समूह नाप्न दिइरहेको छैन । जग्गाको सीमाकन छुट्याउने अन्तिम सत्य त नापी कार्यालय त हो भनेर सबैलाई थाहा छ तर जग्गा नाप्न दिदैनन् । जति बर्ष रोकेपनि एक न एकदिन जग्गाको विवाद समाधान गर्नुपर्ला त्यतिबेला पनि व्यक्तिले मेरो जग्गा यो हो भनेर मुखले भनेर हुने होला छैन , नापीले भन्नुपर्ने हुन्छ । यस्तो बिषयमा समेत नागरिक अराजक हुने हो भने गणतन्त्र कसरी बलियो हुन्छ रु जे गरेपनि हुन्छ भन्ने मानसिकता राखेर काम गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न जरुरी छ ।