टीकापुर, २१ चैत/टीकापुर ८ स्थित राष्ट्रिय आधारभुत बिद्यालय अरुणा फाँटा सूर्यपुरको बिद्यालय व्यबस्थापन समितिको अध्यक्षमा सेरबहादुर ठकुल्ला चयन हुनु भएको छ ।
सोमवार सदस्यहरुको बैठक बाट ठकुल्ला अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो । सदस्यहरुमा पुरन चौधरी,बलराम चौधरी, भुन्टी साउँद,सुमन चौधरी र राधा नेपाली बादी चयन हुनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ सदस्य समेत रहनुभएका ठकुल्ला त्यस क्षेत्रको परिचत सामाजिक अनुहार हो । ‘‘व्यबस्थापन समिति गठन गर्ने बेला जालभेल गर्ने प्रयास भइरहेको थियो , तर केही चलेन,’’ नेपाली कांग्रेस कैलाली का सदस्य शेरबहादुर साउँदले भन्नुभयो,‘‘यस पटक आएका जनप्रतिनीधिले बिद्यालयमा बढी राजनीति गर्न खोज्दा आपसमा तिक्तता बढ्दै गएको छ ।’’ उहाँले जनप्रतिनीधि सबैको हुनुपर्छ भन्ने मान्यतालाई लत्याएर केही जनप्रतिनीधिहरु संघ संस्थामा राजनीतिकरण गर्न समय बिताउँदा विकास निर्माणमा असर पर्न थालेको बताउँनुभयो । बाढी ग्रस्त क्षेत्र र अति बिपन्न बस्तीमा यस बिद्यालय सञ्चालनमा छ ।
आर्थिक अभावका कारण शिक्षकले पारिश्रमिक राम्रोसंग पाउँदैनन् तर स्थानीय सरकारले यो बिद्यालयका बारेमा ध्यान दिएको पाइदैन । त्यस क्षेत्रमा वादी समुदायको बस्ती बढी छ । यस्तो बस्तीमा सरकारको नजर जानुपर्ने भएपनि भाषणमा मात्र कुरा हुने गरेका छन् ।