अस्थाई ट्राफिक प्रहरी पोस्ट सत्तिद्वारा मास्क बितरण

गणेश क्षेत्री
टीकापुर, ८ फागुनरअस्थाई ट्राफिक प्रहरी पोस्ट सत्तिले टीकापुर नगरपालिका वडान ७ को हुलाकी राजमार्ग अन्तर्गत पर्ने खैरिपुर चोकमा मास्क बितरण र जनचेतनामूलक कार्यक्रम गरेको छ
अस्थाई ट्राफिक प्रहरी पोस्ट सत्तिका इन्चार्ज किशोर बहादुर सिहले २ सय मास्क बितरण गरेको र मास्क बाटो हिँड्ने पैदल यात्री,मोटर साइकल चालक , अटो चालक लाई बितरण गरिएको बताउनुभयो ।


साथै उक्त अवसरमा पैदल यात्री,साइकल चालक,अटो चालक, मोटर साइकल चालक लाई ट्राफिक नियमको पालना कसरी गर्ने र ट्राफिक नियमको पालना नगरेमा दुर्घटना बाट हुन सक्ने धनजनको क्षतिको बारेमा जनचेतनामूलक कार्यक्रम गरेर जानकारी दिएको ट्राफिक प्रहरी देबि प्रसाद धिताल ले बताउनु भयो ।
ट्राफिक प्रहरी इन्चार्ज किसोर बहादुर सिहले हेल्मेट अनिवार्य लगाउन लगाउने, लाइसेन्स अनिवार्य हुनुपर्ने , तीनजना बसेर मोटरसाइकल नचलाउने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाइ कानुनी दायरामा ल्याउने बताउनु         भयो ।


हाम्रो उदेश्य जरिवाना काटेर राजस्व बढाउनु नभएको र दुर्घटना न्यूनीकरण गर्नुभए पनी नियम उल्लंघन गर्नेलाइ बाध्यता ले पनि जरिवाना गर्नुपर्ने इन्चार्ज किशोर सिहले बताउनुभयो ट्राफिक नियम सबैले पालना गरेमा धनजन को हुनसक्ने ठुलो क्षतिबाट जोगिन सकिने हुनाले ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने स्थानीय स्वास्थ्यकर्मी अमितेष झा ले बताउनुभयो ।
स्थानीय समाजसेबि पुन्डरि प्रसाद आचार्यले सत्ती ट्राफिक प्रहरिको जनचेतना मूलक कार्यक्रमले दुर्घटना न्यूनीकरण मा सहयोग पुग्ने बताउनुभयो ।