अस्पतालका सवालमा जनप्रतिनीधि गैरजिम्मेवार

सम्पदकीय
टीकापुर, जानकी , लम्की , जोशिपुर र भजनीका जनप्रतिनीधि गैरजिम्मेवार हुँदा नागरिकले स्वास्थ्य सुबिधा पाउन सकेका छैनन् । यस क्षेत्रका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिने वातावरण बनाउन सहज भएपनि जनप्रतिनीधि गैरजिम्मेवार हुँदा नागरिकले सास्ति बेहार्नु परेको छ । टीकापुर नगरपालिकाले बिशषेज्ञ डाक्टरका लागि बजेट दिएको छ । बजेट दिने नगरपालिकाले सेवा प्रभावकारी बनाउन के के गर्नुपर्ला भन्ने बारेमा सोचेको पाइदैन । डाक्टर छन् तर बेड अभाव छ यो समस्या समाधान गर्नका लागि यस क्षेत्रका स्थानीय पालिकाले ध्यान दिने हो भने समस्या ठूलो होइन । टीकापुर अस्पताल टीकापुर नगरपालिकाको जिम्मा हो भन्ने मानसिकताले काम गरेको देखिन्छ । टीकापुर नगरपालिकामा अस्पताल छ भौतिक संरचना भएको अस्पतालाई आवश्यक्ताका आधारमा थप सुबिधा दिन जनप्रतिनीधिले चासो दिनुपर्छ । जानकी र जोशिपुरले यस अघि दिएको बजेट समेत कटौती गरेका छन् । यसबाट उनीहरुको मानसिकता प्रष्ट हुन्छ । स्वास्थ्यको बजेट पालिकाले टीकापुर अस्पतालमा दिनुपर्छ । पालिकाले टीकापुर अस्पतालाई बजेट दिने अनी सुबिधा प्रभावकारी गराउनुपर्छ भन्ने दबाब दिने हो भने नागरिकले स्वास्थ्य सेवा सहज र सुपथ रुपमा पाउन सक्छन् । स्वास्थ्य क्षेत्रमा समेत जनप्रतिनीधि गम्भिर छैनन् भने अर के काम गरेका होलान् ? केन्द्र र प्रदेशबाट आएको बजेट खर्च गर्ने काम मात्र जनप्रतिनीधिले गर्ने गरेका छन् । आएको बजेटलाई अधिकतम जनताको हितमा प्रयोग कसरी हुन्छ भन्ने बारेमा जनप्रतिनीधिहरुले सोच्न जरुरी छ । आएको बजेट मनपरी खर्च गर्न पल्केकाहरुलाई नागरिकले दबाब दिन जरुरी छ । नागरिकले स्वास्थ्यको बजेटका बारेमा चासो राख्न जरुरी छ । स्वास्थ्यको बजेट सदुपयोग भयो कि भएन भनेर हेर्ने जिम्मेवारी राजनीतिक दल र नागरिक अगुवाको पनि हो । तसर्थ टीकापुर अस्पतालमा सेबा सहज बनाउन यस क्षेत्रका पालिकाले भौतिक संरचना निर्माणमा सहयोग गर्न जरुरी छ ।