आग्रह पूर्बाग्रहको राजनीति

सम्पादकीय
२०७४ सालमा संघिय निर्बाचनपछि सदनमा पुगेका सांसदको शनिबार राती १२ बजेपछि अवधि सकिने भएपछि शनिबार अन्तिम संसद बसेको थियो । बिदाई संसदमा मिठा कुरा गरेर छुट्टिनुको साटो नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षले एक अर्कालाई देख्लास् पख्लास् भनेर समय बिताए । संसदको गरिमा बचाउनु नेताहरुको कर्तव्य हो । अन्तिम समयमा केही मिठो छाफ छाडेर जाउ“ भन्नुको साटो ओली र प्रचण्डले एक अर्कालाई धारे हात लगाए । ओली र प्रचण्डको तिक्तता मात्र भएन झलनाथले पनि पोखे । नेताहरुको सुझबुझ देखिएन भनेर दिनभरी नागरिकले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन् । २०७४ सालको निर्बाचनमा मिलेर चुनाव लडेका एमाले र माओवादी यतिखेर दुश्मनको व्यबहारमा छन् । कम्युनिष्ट बलियो बनाउँछौ दुई वटा पाइलटले मुलकलाई पार लगाउँछौ भनेर २०७४ देखि २०७६ सम्म जनतालाई गफ दिइरहेका दुई नेताले अन्तिम समयमा देखाएको व्यबहारले यिनीहरु बाचुञ्जेल मिलन हुूदैन कि भन्ने बुझिन्छ । मुलुकको सावलमा भन्दा व्यक्ति पोस्न थालेपछि दुई नेतामा द्वन्द बढेको हो । ससस्त्र द्वन्दबाट आएका प्रचण्ड अस्थिर हुन भन्ने सबैलाई थाहा छ । अस्थिरता प्रचण्डको बाध्यता हो भन्ने पनि गरिन्छ । तर एमालेका अध्यक्ष ओलीले पनि आफुलाई मन नपर्नेहरुलाई यहि मौकामा लखेट्ने काम गरेका छन् । हुन त नेपालका कम्युनिष्ट पार्टीमा होस् कांग्रेसमा होस् मन नपर्ने नेतृत्वलाई लखेट्ने प्रचलन छ । मनपरी गर्न खोज्दा कसैले रोक्न खोज्यो भने त्यो बिरोधीको रुपमा चिनिन्छ । गणतन्त्रसम्म पुग्दा नेताहरु बद्नाम भएका छन् । देशमा अराजकता बढ्दै गएको छ । न्यायालयको अवस्था औल्याउने हो भने त मुलुक असफल भयो भनेर घोषणा गर्न मात्र बाँकी छ । नेताहरु आफ्नो दम्भमा छन् । नेताहरु स्वार्थको टकरावमा छन् । तसर्थ नागरिक सचेत भएर बस्न जरुरी छ । मंिसर ४ मा हुने निर्बाचनमा जनताले बुझेर मतदान गर्नुपर्छ ।