आफ्नो इतिहास बनाउमा व्यस्त

सम्पादकीय
हालै प्रचण्डले आफ्ना सुपुत्र प्रकाश दहालको शालिक अनावरण गरेका छन् । उनले प्रकाश दहालले हिमाल आरोहरण गरेको भन्दै शालिक निर्माण गरिएको बताउने गरेका छन् । हिमाल आरोहरण गर्ने धेरै नेपाली होलान् तर शालिक प्रकाश दहालको बनाइयो । प्रकाश दहालको शालिक निर्माण शक्ति केन्द्रका आडमा चाकडीबाजले गरेका हुन् भनेर सहजै बुझ्न सकिन्छ । जनयुद्धका कतिपय परिवार बिदेश गएका छन् । कतिपयले नारकीय जीवन बिताउन बाध्य भएका छन् तर प्रचण्ड आफ्ना छोराको शालिक निर्माणमा गर्ब गर्छन् । यो खालको राजनीतिक संस्कारले देशलाई कता लग्ने प्रयास गरिएको छ भन्दै सबैले चिन्ता व्यक्त गर्न थालेका छन् । एउटाको इतिहास मेटाएर आफ्नो इतिहास लेख्ने प्रयास भइरहेको छ जुन गलत हो । जनयुद्धले मुलुकलाई फाईदा भन्दा बढी नोक्सानी मात्र दिएको छर्ल· भएको छ तर प्रचण्ड लगायतका केही नेता जनयुद्ध ठीक थियो भनेर सावित गर्ने प्रयासमा लागेकै छन् । नेपालका नेताहरुले आफ्नो कमजोर प्रस्तुतिलाई ढाकछोप गर्न प्रतिगमन शव्दलाई प्रयोग गर्ने गरेका छन् । प्रतिगमनका नाममा राजालाई धारे हात लगाउने र आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ । नेताहरुकै कारण आज गणतन्त्र असफल हुने अवस्थामा पुगेको छ तर गणतन्त्र असफल को खास कारण भन्नुको साटो प्रतिगमनको खतरा देखाउन थालिएको छ । माओवादीका नेता देब गुरुङले प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने बिचार दिनुभएको छ । यसबाट प्रष्ट हुन्छ संघियता मुलुकलाई घाँडो भएको छ । संघियता असफल भयो भने जनयुद्धको हिसाव किताव सब बिग्रनेवाला छ । राजनीतिक दलमा देखिएको अराजकता र मनपरीका बारेमा बोल्नुको साटो पूर्ब राजालाई दोष देखाएर क्रान्तिकारी बन्ने प्रयास गरेको देख्दा नेताहरु सुध्रिने अवस्थामा छैनन् भनेर बुझ्न सकिन्छ । केवल आफ्नो सत्ता स्वार्थमा लिप्त नेताहरु जनतालाई त्रास देखाएर आफु बलियो भइरहने वातावरण बनाउनेमा लागेका छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । आफ्नो इतिहास बनाउन उद्यत नेताहरु जनताको बारेमा गभिंर छैनन् । राजाका शालिक ढाल्नेले आफ्नो छोराको शालिक निर्माण गर्नु गलत हो भनेर भन्न नसक्नेहरुबाट जनताको भावना कदर हुँदैन । जनता जाग्न जरुरी छ ।