आयोजनामा पारदर्शीता प्रमुख सवाल

सम्पादकीय
रानी जमरा कुलरिया सिचाई आयोजना कृषि समन्वय इकाई कार्यालय टीकापुरका काम कारबाही पारदर्शी हुन जरुरी छ । आयोजनाका काम कर्तव्य पारदर्शी हुनुपर्छ भन्ने सवालमा आयोजना क्षेत्रका किसान र राजनीतिक दल तथा समाजसेबी मौन       छ । आयोजनामा कसैले दोह¥यार सुबिधा पाउने कसैले एक पटक पनि सुबिधा नपाएको गुनासो छ । वास्तविक किसान भन्दा पछिल्लो समय अनुदानका लागि भएका किसानले लाभ लिने गरेका छन् । पुराना किसानले सुबिधा पाउनुपर्ने भएपनि राजनीतिक दलका नेताहरुको भनसुनले नव आगन्तुक किसानले सुबिधा पाउने गरेका छन् । आयोजनाले १२ लाख ४७ हजार अमेरिकी डलर को यान्त्रिक औजार वितरण गर्ने लक्ष्य लिएको थियो त्यस मध्य ८४ हजार डलर मात्र बाँकी रहेको छ । वास्तविक किसानलाई आयोजनाले सहयोग पु¥याउन जरुरी छ । कतिपयले अनुदान खानका लागि मात्र काम गर्ने गरेका छन् । सिचाई आयोजना आएपछि यस क्षेत्रका किसानको आय स्रोत बढाउन बिश्व बैङ्कले कृषि क्षेत्रमा लगानी बढाएको हो । कृषि उत्पादन बढाउनु र किसानको आम्दानी बढाउनु दाताको स्वार्थ हो तर आयोजनाले पहुूच र दबाबका भरमा सुबिधा बाड्दै आएको छ । अहिलेका कार्यालय प्रमुख गोबिन्द राज जोशीले व्यबस्थित गर्ने र अनुदान दुरुपयोग नहोस् भन्ने उदेश्यका साथ काम गर्ने प्रयास गरेपछि यतिखेर कतिपयलाई पचेको छैन । राजनीतिक दबाबका भरमा सुबिधा लिन पल्केकाहरु यतिखेर बर्तमान कार्यालय प्रमुखलाई भगाउने उदेश्यका साथ लागेको प्रष्ट छ । संस्था व्यबस्थित भए आम नागरिकलाई सहज र फाईदा हुने कुरा भएपनि स्वार्थमा लिप्त केही व्यक्तिहरु आफु अनुकुल नभएपछि बिरोधमा उत्रने गरेका छन् । स्वार्थमा लिप्त व्यक्तिहरुका कारण आयोजनाले भने अनुसार काम गर्न सकेको छैन । वास्तविक किसानलाई अनुदान र सहयोग गर्नुपर्ने भएपनि पहुँचका भरमा अनुदान र सहयोग लिने प्रबृत्ति अन्त गर्ने प्रयासलाई सहयोग गर्नुको साटो असयोग गर्नु गलत हो । गलतलाई गलत नै भन्नु पर्छ । तसर्थ यस क्षेत्रका किसान सचेत हुन जरुरी छ । अनुदानमा कमिसन खाने प्रचलन बन्द गर्न जरुरी छ । यस क्षेत्रका राजनीतिक दलका नेता तथा स्थानीय सरकारका जनप्रतिनीधि पनि सचेत हुन जरुरी छ ।