सम्पादकीय
स्थानीय स्तरमा माटोको अवस्था हेरेर कृषि उत्पादन गर्न नसक्ने हो भने देशको कुल ग्राहस्थ बृद्धि हुन सक्दैन । आर्थिक अवस्था बलियो होस् पनि भन्ने अनी कृषि उत्पादनमा ध्यान नदिने हो भने मुलुक पार लाग्दैन । नेपालीले आफ्नो उत्पादनलाई बिश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने बनाउन जरुरी छ । कृषि उत्पादन होस् या दैनिक जीवनमा आवश्यक पर्ने उत्पादन गुर्णस्तरिय हुन जरुरी छ । औद्योगिक उत्पादनमा प्रतिस्प्रधा गर्न गाहे भएपनि कृषि उत्पादनमा नेपालले प्रतिस्प्रधा गर्न सक्छ त्यसका लागि युग अनुसारको साधन र बीउ प्रयोग गर्न जरुरी छ । स्थानीय तहले आफ्नो क्षेत्रमा उत्पादन बढाउने योजना ल्याउन जरुरी छ । उत्पादन बढाउने योजना ल्याउने हो भने रोजगारका अवसर खुल्छन् । उत्पादन बढाउने सवालमा जुन कुरा प्रभावकारी हुन्छ त्यसैलाई बढावा दिने योजना ल्याउन जरुरी छ । सामान्यतया कृषि क्षेत्रमा आत्म निर्भर हुने गरी कार्यक्रम ल्याउन जरुरी छ । कृषि क्षेत्रमा मात्र आत्म निर्भर हुने हो भने मुलुक धेरै हदसम्म बलियो हुन्छ । कृषि उत्पादन बढाउन सरकारले बजारको व्यबस्था गर्न जरुरी छ । बजारको व्यबस्था गर्नका लागि कृषि उत्पादन बिभिन्न देशमा पठाउन सकिने वातावरण बनाउने काम सरकारको हो । सरकारले स्थानीय उत्पादनका लागि चाहिने बजार खोज्न जरुरी छ । किसानले उत्पादनको गरेको हरेक कुरा सहज रुपमा बिक्रि होस् भन्ने गरी नीति बनाउन जरुरी छ । तसर्थ स्थानीय तहका जनप्रतिनीधिहरु सचेत हुन जरुरी छ । विकासका सवालमा जनप्रतिनीधि गभिंर हुन जरुरी छ । पछिल्लो पटक प्रदेश सरकारले कृषिमा अनुदान बाडे पनि वास्तविक किसानले लाभ लिन सकेका छैनन् । प्रदेश सरकारको बजेट व्यापक दुरुपयोग भएको गुनासो छ । कृषि अनुदानलाई व्यबस्थित गर्ने योजना यस पटक सरकारले नीतिमा ल्याएको छ तर कार्यान्वयन कति हुन्छ भन्ने हो । यसमा राजनीतिक दलका नेताहरु सचेत हुनुपर्छ । दलका नेताहरुले देश र जनताका लागि राजनीति गर्ने हो । उत्पादान बढाउनमा सबैको भूमिका हुनुपर्छ ।