सम्पादकीय
नेपालका बैङ्कहरु यतिखेर संकटमा छन् । बैङ्कहरुले तरलताको अभाव भनेपनि लगानी गरेको ऋण जोखिममा भएको कुरा बाहिर आउन थालेका छन् । अस्वभाविक ऋण लगानी गरेका बैङ्कहरुले केही बर्ष नाफा र बोनस खाएपनि यतिखेर बैङ्कहरुको ऋण उठन् छाडेको अवस्था छ । अस्वस्थ प्रतिस्प्रधा र बैकका मालिकको मनपरीले यतिखेर बैङ्कहरुमा समस्यामा परेका छन् । बैङ्क प्रणाली असफल भएको कुरा देख्न पाइने हो कि भन्ने चिन्ता छ । कोरोना अघि बचत संकलनका बारेमा धेरै गुनासो गरेको पाईदैन तर कोरोना कालपछि बैङ्कले संचितिका कुरा उठाउँदै आएका छन् । बैङ्कमा जमा हुनुपर्ने रकम कम भएपछि तरलता अभाव हुनु स्वभाविकै हो । तरलताको कुरा मात्र उठाउने बैङ्कहरुले ठूला व्यापारी घरानालाई भने पैसाको समस्या कहिलै भएको पाइदैन । आम नागरिकलाई कारोबार गर्न पैसा छैन तर धनाढेयले भने पैसा खेलाउन मनग्य पाएका छन् । उनीहरुलाई अभावको महशुस भएको छैन । यसबाट पनि प्रष्ट हुन्छ कि बैङ्कहरु कति जोखिममा छन् भनेर । सानो पूंजी लिने नागरिकलाई लगानी छैन भन्ने अनी ठूला व्यापारी ले पैसा पाउँने आधार के रहेछ ? व्यापारी र बैङ्क सञ्चालक एउटै भएपछि समस्या भएको हो । देशको आर्थिक अवस्था पारदर्शि नहुँदा बैङ्क सञ्चालकहरुले मनपरी गर्ने मौका पाएका छन् । अमेरिका जस्तो देशमा पुनारो बैङ्क डुबेका छन् । मनपरी गरेपछि अमेरिकामा त बैङ्क बाचेनन् अनी नेपालमा कसरी बाच्छन् ? तसर्थ नागरिकले आफ्नो बचतका बारेमा ध्यान दिन जरुरी छ । किन भने अर्बाै रुपैया सहकारी सञ्चालकले ठगे तर सरकार कानूनका कुरा गरेर पन्छिने गरेको छ । राज्यले सहकारीमा भएको बचतलाई सुरक्षित गर्न सक्दैन भने बैङ्कको पनि सक्दैन । नेताहरु सत्ताको लुछाचुडीमा छन् माफियाहरु मौका छोपेर देश लुट्नमा व्यस्त छन् । सबै सचेत हुन जरुरी छ ।