आर्थिक स्थिती कमजोर भएको परिवारलाइ खाध्यान्न सहयोग

टीकापुर, १० भाद्र/टीकापुर नगरपालिका वडान ७ सत्तिको युवा सन्जाल ले आर्थिक स्थिती कमजोर भएको परिवारलाइ खाध्यान्न सहयोग गरेको छ ।
२०३२ सालमा जन्मियका प्रेम सुनारको अल्पायुमै निधन भएको र घरमुलिको मृत्यु पछि हातमुख जोर्न पनि निकै समस्या भएको जानकारी भएपछि सहयोग जुटायको अध्यक्ष सन्तोष नेपाली ले बताउनुभयो ।
उपाध्यक्ष महेस रावलले हामिलाइ जानकारी हुनासाथ सहयोग को लागि अपिल ग¥यो । स्थानीय गोपि धामिले चामल दाल तेल खुर्सानी लगायतका खाध्यान्न तत्कालै उपलब्ध गराइदिनुभयो र हामी ले आर्थिक अभावमा हातमुख जोर्न समस्या भएको परिवार लाई सन्जाल को उपस्थिति मा बितरण गर्यौ भन्नूभयो । अब अझै पनि हाम्रो सहयोग निरन्तर रहनेछ हामी सहयोग जुटाउदैछौ रावलले भन्नू भयो ।


पत्रकार गणेश क्षेत्री ले स्थापना को २ महिनाको अबधिमा नै युवा सन्जालले गरेको सामाजिक कार्यको सर्हाना गर्दै समाजमा समस्या ग्रस्त परिवार धेरै छन् र सामाजिक कार्य हरुपनी धेरै भएकोले सन्जाल ले निरन्तरता दिनुपर्ने बताउनु  भयो ।
स्वर्गीय प्रेम सुनारको श्रीमतिले घरमुलिको मृत्यु पछि आर्थिक अभाब ले हातमुख जोर्न निकै समस्या भएको र छोरिको पढाइमा पनि निरन्तरता दिन समस्या भएको बताउनुभयो । प्राप्त भएको खाध्यान्नले केही भएपनी राहत हुने बताउदै युवा सन्जाल लाई धन्यवाद दिनुभयो ।
जन्डिसले थलियका प्रेम सुनारको आर्थिक अभावले उपचारको अभावमा ६ महिना अघि मृत्यु भएको मृत्तक कि श्रीमती कमला सुनारले बताउनुभयो ।
मृत्तकको श्रीमती ५ छोरी र १ छोरा रहेका छन् । कार्यक्रमको संचालन सचिब कृत ठकुल्लाले गर्नुभएको थियो ।