इन्जिनियर बर्खास्त

सम्पादकीय
बैतडी जिल्लाको पाटन नगरपालिकामा एक जना इन्जिनियर र दुई जना सब–इन्जिनियर बर्खास्तमा परेका छन् । अनुगमन समितिका संयोजक पाटन नगरपालिका का उपमेयर कमलसिंह बोहराले नगरभित्रका अधिकांस योजना कमशल खालको निर्माण हुँदा पनि प्राबिधिकले ध्यान नदिएको भन्दै बर्खास्त गरिएको हो । पहाडमा अधिकांस योजनामा व्यापक भ्रष्टाचार हुने गरेको गुनासो छ । जनप्रतिनीधिले चाहने हो भने निर्माण कार्यमा हुने भ्रष्टाचार रोक्न सकिन्छ । स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको गुनासो आम नागरिकले गर्ने गरेका छन् । स्थानीय तहमा अधिकार आयो अब विकास पनि हुन्छ भन्ने कुरा नागरिक लाई नेताहरुले बुझाएका थिए । अधिकार आयो तर विकास बजेट व्यापक दुरुपयोग भइरहेको छ । हरेक स्थानीय तहमा प्राबिधिक कर्मचारीले गुर्णस्तर कायम गर्न सकेका छैनन् । स्थानीय प्राबिधिक कर्मचारी र स्थानीय निर्माण कम्पनी भएका कारण त्यसैमा जनप्रतिनीधि मिलेपछि विकास निर्माणको बजेट भ्रष्टाचार नहुने कुरै भएन । जनप्रतिनीधि सचेत हुने हो भने पाटन नगरपालिकाले जस्ता गर्न सकिदो रहेछ । जनप्रतिनीधिले भ्रष्टाचार नगरे प्राबिधिकले कमशल खालको निर्माणलाई पास गर्न सक्दैनन् । कतिपय जनप्रतिनीधिले प्राबिधिक कर्मचारीलाई कमशल खालका निर्माणलाई पास गर्न दबाब दिने गरेका छन् यसबाट प्राबिधिकहरुले पनि नाफा लिन खोज्नु अपराध होइन । कमलश खालको योजना पास गर्न दबाब आउने र पास गर्नुपर्ने भएपछि प्राबिधिकले किन त्यसै पास गर्छन् ? पास गर्नुपर्ने हो भने प्राबिधिकले पनि रकम खानु स्वभाबिकै हो । तसर्थ जनप्रतिनीधि सचेत हुन जरुरी छ । जनप्रतिनीधिले जनताको कर पूर्ण रुपमा सदुपयोग हुनुपर्छ भनेर काम गर्ने हो भने विकास निर्माणमा गुर्णस्तर कायम गर्न सकिन्छ । विकास निर्माणमा जनप्रतिनीधि सचेत हुने हो भने विकास बजेट लुट्ने प्राबिधिक कर्मचारीलाई बर्खास्त गर्न सकिन्छ भन्ने सन्देश पाटन नगरपालिकाले दिएको छ । यसबाट अरुले पनि सिक्न जरुरी छ ।