उज्यालो बहुउद्देश्यीय सहकारी ले मनायो १६ औं बार्षिक जन्मोत्सव

गणेश क्षेत्री
टीकापुर, १४ भाद्र/टीकापुर नगरपालिका वडान ६ मा उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको १६ औ बार्षिक जन्मोत्सव मनाइएको
छ ।
डम्बर बहादुर घर्ती को सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा प्रमुख अतिथी रहनुभएको थियो ।
विशिष्ट अतिथिमा टीकापुर नगरपालिका वडान ६ का अध्यक्ष बलिराम चौधरी ,वडान ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने , वडान ८ का अध्यक्ष दिर्घ ठकुल्ला ,प्राक्टिकल एक्सन का बरिस्ठ कार्यक्रम अधिकृत चक्र बहादुर बम रहनु भएको थियो ।


प्रमुख अतिथी मेयर रामलाल डगौरा ले उज्यालो सह्कारिले यो क्षेत्रमा कृषि क्रान्ति ल्याएको बताउनुभयो । बिउबिजन मलखाद सहज र सुफत मुल्यमा कृषक लाई उपलब्ध गरायर कृषक को जीवन स्तर उकास्न महत्त्वपूर्ण भुमिका खेलेर निकै सर्हानिय कार्य गरेको बताउनु भयोे ।
अब उज्यालो सहकारीले सामाजिक कार्यमा समेत उल्लेखनीय भुमिका खेल्नुपर्ने बताउनुभयो ।
संस्थामा सेयर सदस्य ८ सय ५७ रहेको छन् भने शेयर पुजि ४२ लाख रहेको छ ।
कार्यक्रममा सस्थापक शेयरधनी ३१ जनालाइ सम्मानित गरिएको थियो ।
कार्यक्रमको संचालन ब्यवस्थापक रामकृष्ण चौधरी ले गर्नुभएको थियो भने स्वाग्त उपाध्यक्ष शशी श्रेष्ठले गर्नुभएको थियो ।
संस्थाले १५ लाख ५० हजार ३ सय ५७ रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।