उर्जाका बारेमा सबैको ध्यान जान जरुरी छ

सम्पादकीय
सनिबार भारतीय आयल निगमले नेपाललाई तेलको मुल्य घटाएर पठाएको छ । पेट्रोलमा १५ रुपैया र डिजेलमा १६ रुपैयाँ कम गरेर पठाएको छ । तर नेपाल आयल निगमले तेलको मुल्य घटाएको छैन । आयल निगमले यति घट्दा पनि मासिक करिब ढाई अर्ब रुपैया घाटा भइरहेको दाबी गरिरहेको छ । आयल निगम इन्धन आपुर्ती गर्न सक्ने अस्थामा छैन । आयल निगमले जनतालाई भनेको कुरा पत्याउने हो भने इन्धन खपत हुँदा समस्या भएको छ । उर्जामा बैकल्पिक स्रोत खोज्न तिर चासो नदिने अनी इन्धन बचतमा जनतासंग हारगुहार गर्ने वर्तमान सरकारको नीति नै प्रष्ट छैन । बैकल्पिक उर्जाका बारेमा ध्यान दिने हो भने बिद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने हो । नेपालमा खपत नभएको बिद्युत भारतलाई बिक्रि गर्न थालिएको कुरा गरेर सरकारले आफुलाई आफैले धाप हानेपनि मुलुक समस्यामा रहेको प्रष्ट छ । भरातमा १७७ मेघावाट बिद्युत सप्लाई भइरहेको छ । यसरी भारतमा बिक्रि गर्नुभन्दा आफैले प्रयोग गर्ने कार्यक्रम ल्याउन जरुरी छ । इन्धनमा जाने पैसा नेपालमा रहने वातावरण बनाउनुको साटो बर्तमान सरकारले बिद्युतबाट चल्ने सवारी साधनलाई भन्सार शुल्क बढाएको छ । यसले सरकारको नीति प्रष्ट छैन भनेर बुझ्न सकिन्छ । इन्धनको मुल्य बिश्वमै बढेको छ । भारत र नेपाल जस्ता मुलुकले इन्धनमा चर्काे कर असुल्ने गरेका पनि छन् । नेपालले इन्धनमा कर कम गर्ने हो भने मुल्य कम हुन सक्छ तर सरकार कर घटाएर मुल्य कम गर्न तिर लाग्दैन । नेपालमा इन्धन खपतलाई सरकारले मात्र होइन आम नागरिकले पनि गभिंरताका साथ लिन जरुरी छ । इन्धन खपत कम गर्ने बानी बसाल्न जरुरी छ । हरेक नागरिकले इन्धन बचतका बारेमा सोच्न जरुरी छ । बैकल्पिक उर्जाका बारेमा सरकार गभिंर हुन जरुरी छ । आर्थिक लाभमा परेर करको दायरा हेरफेर गर्ने होइन कि मुलुकको आवश्यक्ता र समस्या के हो भन्ने बारेमा ध्यान दिन जरुरी छ । सत्तामा बसेकाहरुले मुलुकको हितमा काम गर्न जरुरी छ ।