सम्पादकीय
पछिल्लो समय टीकापुरमा एकअर्कालाई खुइल्याउने प्रचलन बढ्दै गएको छ । काम गरेर खाने भन्दा पनि चाडो धन कमाउने सोच भएकाहरु पछिल्लो समय सबै एउटै हुन् भन्ने भ्रम छर्न र आफु ठीक हौं भन्ने सोच पलाउँदै जाँदा एकअर्कालाई खुइल्याउन तल्लिन छन् । विकास भन्दा पनि बढी प्रचारवाजी गर्ने गरिएको छ । एउटा विकास आयो की सामाजिक सञ्जालमा फोटो हालेर श्रेय लिन होडवाजी गर्ने गरेका छन् । विकास भन्दा बढी व्यक्ती चर्चामा लागेपछि आपसमा द्वन्द बढ्नु स्वभाविकै हो । अधिकांस सामाजिक अगुवा भन्नेहरु कही न कही विवादमा फसेका छन् । संघ संस्थामा बद्नाम भएकाहरु अरुलाई पनि आफु जस्तै हुन् भनेर समाजलाई देखाउन चाहन्छन् । आफ्नो आचरण ठीक नभएपछि अरुलाई पनि ठीन नदेख्ने प्रबृत्तिले टीकापुरलाई सखाप गर्दैछ । गलत र सही बिश्लेषण गर्नुभन्दा कसलाई के भन्दा लाभ हानी हुन्छ भनेर बिश्लेषण गरेर बोल्ने बानी छ । सामाजिक अगुवा हौं भन्छन् तर आफु लागेको व्यबसायमा छबि बचाउन प्रयास गर्दैनन् । छबि बचाउन त्याग गर्नुपर्छ भने सत्य पनि बोल्नुपर्छ । पद जसरी पनि चाहियो तर पारदर्शी हुनु पर्दैन ? यस्तो मानसिकताबाट ग्रसित व्यक्तीहरु समाजको अगुवा हुने अनी अरुलाई खुइल्याउन दिनरात महेनत गर्ने भएपछि टीकापुरमा शान्ति कसरी हुन्छ ? अर्काको अस्तित्व स्विकार्न नसक्ने जमात बढ्दै गएको छ । कसरी राम्रो बन्ने भन्दा पनि कसरी अरुको गला रेट्न सकिन्छ भनने मानसिकताको विकास हुँदैछ । सामाजिक सञ्जालमा एकले अर्कालाई खुइल्याउन तल्लिन व्यक्तिहरुको नालीबेली सबैलाई थाहा छ । तसर्थ टीकापुरको विकास टीकापुरबासीले आफै गर्ने हो । आफ्नो विकास आफै गर्ने हो भने हामी आपसमा नमिलेर सुख छैन । क्षमता र प्रतिस्प्रधाका आधारमा नेतृत्व दिनुपर्छ त्यसका लागि व्यक्तिको छबि पनि हेर्नुपर्छ । आफ्नो र पराया भनेर नेतृत्व दिदा टीकापुरमा समस्या बढ्दै गएको सबैले बुझेका छन् तर सुधार्न तयार छैनन् । यस्ता विषयमा टीकापुरबासीको ध्यान जान जरुरी छ ।