एनएमबि बैंक र साथी अस्पताल टीकापुर बिच बिरामीहरुलाई छुट दिने सहमती

टीकापुर, ७ पुस/एनएमबि बैंक र साथी अस्पताल टीकापुर बिच बिरामीहरुलाई छुट दिने सहमती भएको छ ।
साथी अस्पतालका प्रबन्धक निर्देशक श्री नगेन्द्र बहादुर शाहीले एनएमबी बैंकमा कारोबार भएका ग्राहकहरु र कर्मचारीहरुको मोबाईल बैंक, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका प्रयोग कर्ताहरुले साथी अस्पतालबाट छुट पाउने बताउनु भयो ।
उहाँले दिर्घ रोगीका बिरामीहरु ले पटक पटक चेकजाँच गराउनु पर्ने भएकाले त्यस्ता बिरामीलाई अस्पताल ले न्यूनतम शुल्कमा सेवादिने बताउनु भयो ।
एनएमबि बैंक टीकापुर शाखाका प्रबन्धक श्री रमेश प्रसाद भाट र धनगढी शाखाका प्रबन्धक श्री अमन जोशीले अस्पताललाई बैंक संग जोड्ने र बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गर्ने बताउनु भयो ।


उहाँले एनएमबि बैंक टीकापुर शाखाका ६ हजार,र देशभरिका करिब १७ लाख भन्दा धेरै ग्राहक रहेका र सबैले साथी अस्पातल बाट यो सेवा लिन सक्ने बताउनु भयो ।
शाखा प्रबन्धक भाटले अस्पातल ले ओपीडीसेवा, गर्भवती जाँच, पुरै शरीर जाँच, ल्याब सेवा र अन्य सेवामा अधिकतम २५ प्रतिशत देखि न्यूनतम ५ % प्रतिशत छुट पाउने बताउनुभयो ।
साथै यो सुविधा आगामी दुई बर्षसम्म लागुहुने बताउनु भयो । ।