टीकापुर,१० चैत्र/टीकापुरका उपभोक्ताले नयाँ स्वाद सहित स्वस्थ खाना र नास्ता खान पाउने भएका छन् । स्वस्थ खाना र नास्ता पस्कने उद्देश्यले टीकापुरमा ‘एमपीको हेल्दी किचन’ नामक होटल २०८२ साल वैशाख पहिलो हप्तादेखि सञ्चालनमा आउने भएको छ ।
टीकापुरका मोहन प्रसाद जैशीले होटल सञ्चालनको तयारी गरेका हुन् । जमरा पारी लम्की खक्रौला सडक छेउमै करिब डेढ करोड रुपैया लागतमा सञ्चालन हुन लागेको होटल बाट उपभोक्ताले नयाँ स्वाँदमा खाना, नास्ता पाउने छन् भने बारको सुविधा पनि रहने छ ।
यतिखेर होटलको भित्री भाग सिंगार्ने काम भइरहेको छ भने भान्सा व्यबस्थित गर्ने काम भइरहेको छ । होेटलमा हरेक कुरा नयाँ पन हुने बताइएको छ । होटलमा प्रशोधित तेल प्रयोग नगर्ने र तारेको खानेकुरा केही हुने छैन । तोरीको तेल र ध्यू प्रयोग गरिनुका साथै आधुनिक ओभनमा खाने कुरा पकाउने जनाइएको छ । ‘‘स्वास्थ्यलाई ख्याल गरेर नयाँपन दिने गरी होटल सञ्चालनको तयारीमा छौँ’’,सञ्चालक जैशीले भन्नुभयो, ‘‘हाम्रो भान्सामा स्वस्थ र शुद्धता को ख्याल गरेर प्रशोधित तेल प्रयोग हुने छैन ।’’
उहाँले विदेशी हुन् या आन्तरिक पर्यटक सबैलाई सन्तुष्टि दिने गरी खाना र नास्ता उपलव्ध गराउने बताउनुभयो । ‘‘होटलमा दालको दाना सहितको दाल खुवाइनेछ भने फापर, कोदो जस्ता स्थानीय उत्पादन कै परिकार उपलव्ध गराउँछौ’’, जैशीले भन्नुभयो, ‘‘स्वस्थ र स्थानीय अर्गानिक तरकारी, फलफूल भान्सामा पाक्छ ।’’
होटलमा चाउमिन र ममको विकल्प उपभोक्ताले पाएका छैनन् भन्दै जैशीले इटली र डोसा लगायत फापर तथा कोदोको परिकार उपभोक्तलाई उपलव्ध गराउँछौ भन्नुभयो । ‘‘हाम्रो चाहना उपभोक्ताले स्वस्थ खाने कुरा पाउन भन्ने हो’’, जैशीले भन्नुभयो,‘‘हरेक आन्तरिक र बाह्य पर्यटक हामी कहाँ पसेर जाने वातावरण बनाउन होटलको चुलोदेखि, खानेकुरा र सेवाका बारेमा गम्भिर भएर काम गरिरहेका छौँ ।’’
होटलमा ४०/५० जना अट्ने हलको पनि व्यबस्था छ । होटलमा फ्रेस जुस उपलव्ध गराइने छ भने सिजन अनुसारको फलफूल पनि पाइने छ । उसो तर जैशी आफै सेफ हुनुहुन्छ । भारतको मुम्बै र कुवेतमा सेफको काम गरिसक्नुभएका जैशीसँग खानाका बारेमा धेरै अनुभव छ । जैशीले कोरोना अघिसम्म कुवेतमा आफ्नै होटल सञ्चालन गर्नुभएको थियो ।
‘‘भारतको मुम्बै र कुवेतमा सेफ भएर काम गरेको अनुभव छ, पछि कुवेतमा आफ्नै होटल सञ्चालन गरेँ’’, जैशीले भन्नु भयो ,‘‘कोरोना पछि होटल बन्द गरे ।’’ वैशाख ५ गते उद्घाटन गर्ने लक्ष्य लिएर काम गरिरहेका छाँै भन्नुभयो । ‘‘होटलको लागत खर्च बढी भए पनि पर्यटकलाई बुझाउन सक्यौ भने राम्रै हुन्छ’’, जैशीले भन्नुभयो, ‘‘टीकापुर भविश्य भएको ठाउँ हो भनेर अन्यत्र गर्नुभन्दा आफ्नै ठाउँ रोजे ।’’
होटल सञ्चालनमा आउने भएपछि स्थानीयमा पनि कहिले सञ्चालनमा आउँछ भनेर कौतुहलता बढेको छ । ‘‘बाहिर हेर्दा केही देखिदैन भित्र शान्त र सानदार छ’’, नेपाल तरुण दलका केन्द्रिय सदस्य खडग धामीले भन्नुभयो, ‘‘टीकापुरमा होटलमा यत्रो लगानी हुनु सुखद पक्ष हो ।’’
‘‘उहाँ आफै सेफ भएकाले स्वस्थ खानेकुरा पस्कनुभयो भने राम्रै हुन्छ’’, धामीले भन्नुभयो, ‘‘होटेलको बोर्डबाटै सन्देश दिने प्रयास भएको छ ।’’ शान्त वातावरण मा खाना,नास्ता र बारको व्यबस्था गर्न लागिएको छ, टीकापुर आउने पर्यटकलाई पनि सहज हुने धामीले बताउनुभयो । पर्यटकीय क्षेत्र भएकाले टीकापुरमा यस्ता होटल थपिदै जानुपर्छ भन्दै धामीले टीकापुरमा व्यबसाय गर्ने वातावरण बनाउन स्थानीय पनि सजग हुनुपर्छ भन्नुभयो ।