ओम वचत तथा ऋण सहकारी संस्था लिमीटेड टीकापुरमा चोरी

टीकापुर, ८ असोज/ओम वचत तथा ऋण सहकारी संस्था लिमीटेड टीकापुरमा तोडफोड सहित चोरी भएको छ ।
बिहीबार राति सहकारीको झ्यालको ग्रिल तोडेर भित्र छिरी सहकारीबाट २ लाख १५ हजार नगद चोरी भएको छ ।


चोरी गर्ने व्यक्तिले सहकारीका ५ थान कम्प्यूटर, एक थान प्रिन्टर र सिसी क्यामेर तोडफोड गरेको सहकारीका अध्यक्ष गणेश राज रेग्मीले जानकारी दिनुभयो ।
सिसी क्यामेराको फुटेजमा एक जना व्यक्ति सहकारीमा छिरेर पैसा लिइरहेको र कम्प्यूटर तोडफोड गरीरहेको देखिएको छ ।
यस विषयमा प्रहरीले मुचुल्का उठाएर सिसी क्यामेराको फुटेज समेत लगेको अध्यक्ष रेग्मीले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले चोरी भएको स्थानमा प्रहरी गएर मुचुल्का उठाएर ल्याईसकेको र यस विषयमा अनुसन्धान भइरहे को बताउनु भयो ।