कर्णाली नदीमा माघे संक्रान्तिमा ‘लहान (स्नान)’कार्यक्रम हुने

टीकापुर , २१ पुस/दौलतपुरस्थित कर्णाली नदीमा माघे संक्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषदको आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘‘कर्णालीधाम’’मा मकर संक्रान्तिको अवसरमा माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना गर्न थालिएको
हो ।
माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा ५ हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषदका अन्र्तराष्ट्रिय संगठन महासचिव तथा नेपाल का राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँर बताउनुभयो ।
स्वाँरले कर्णाली नदीमा नेपाल का अधिकाँश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको बताउँदै यहाँको विकास तथा प्रचारप्रसार गर्न यस वर्ष धेरैको सहभागितामा कार्यक्रम गर्न थालिएको बताउनुभयो । ‘‘कर्णाली नदी पवित्र नदी हो , यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौं ,’’ स्वाँरले भन्नु भयो ,‘‘ कर्णाली नदी धाम निर्माण गर्न पहल भइरहेको छ ।’’
कार्यक्रम सफल पार्न स्थानीय स्तरमा पूर्ब वडाध्इष रामशंकर डगांैराको संयोजकत्वमा समिति गठन भएको छ । माघे संक्रान्तिका दिन पहिला ब्रह्मणहरुद्वारा यज्ञ हुने त्यसपछि स्नान हुने बताइएको छ । यसै गरी स्नानपछि प्रशाद ग्रहण र सांस्कृतिक कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रमलाई राइटर्स इन्तरनेस्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल, नेपाली संस्कृति परिषद अन्तराष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाईन मार्फत सम्बोधन गर्नुहुने छ भने अन्तराष्ट्रिय महासचिब हर्कबहादुर स्वाँरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सन्तहरुले प्रबचन दिने भनिएको छ ।
कार्यक्रममा कैलाली जिल्लाभरिका श्रद्धालु तथा भक्तजन सहभागी गराउने लक्ष्यका साथ आफूहरु लागिरहेका माघी स्नान मेलाका आर्थिक संयोजक तथा पूर्ब वडाध्यक्ष गंगाराम आचार्यले बताउनुभयो ।
माघी स्नान मेलाका प्रचारप्रसार समितिका संयोजक ललित थापा ९शिब० ले एक हजार ८० किलोमिटर लामो दुरीमा बगेको कर्णाली सुन बग्ने नदी भएकाले कर्णाली पवित्र जल हो भनी स्थापित गर्न खोजिएको बताउनुभयो ।
कर्णाली नदीको दौलतपुरमा पछिल्ला केही वर्षयता कर्णालेश्वर मन्दिरले स्नान लगायत पूजाआजा गर्ने काम गर्दै आएको छ । कर्णाली नदीको प्रचारप्रसारमा सघाउ पुगाउने उद्देश्यले गरिएको यो कार्यक्रमले धार्मिक पर्यटकीय विकासमा थप सघाउ पुग्ने स्थानीय बताउँछन् । संस्कृति परिषद्ले टीकापुर क्षेत्रमा बिभिन्न धार्मिक र मानविय कार्य गर्दै आएको छ । परिषद्को अन्तराष्टिूय सम्मेलन पौष ९ र १० गते भारत को कांशीमा भएको थियो ।
उक्त सम्मेलनमा टीकापुर ,कांभ्रे लगायत नेपालका बिभिन्न ठाउँबाट सहभागि थिए । टीकापुरबाट मात्र ५७ जना सम्मेलनमा सहभागि भएका थिए । परिषद्ले यस बर्ष देउसी भैलो कार्यक्रम समेत गरेको थियो । परिषद्कै सकृयतामा एकल महिलालाई साडी वितरण गरिएको थियो भने बिद्यालयमा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको थियो ।