किसान बहुउद्देश्यीय सहकारी नारायणपुर शाखाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गणेश क्षेत्री

टीकापुर,५ चैत/किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टीकापुर ७ नारायणपुर शाखा को केन्द्र प्रमुख गोष्ठी सप्पन्न भएको छ ।
सहकारीका कोषाध्यक्ष माया राम धमालाको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडान ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि न्यौपाने ले घाँटी हेरि हाड निल्नुपर्ने बताउनु भयो । लघुबित्त ले पैसा दिन्छ भनेर आवस्यकता भन्दा धेरै लिने र लियको ऋणको सहि सदुपयोग नगरेर ब्यापार ब्यवसायमा नलगाएर गरगहना किन्ने बिहेभोज मा खर्च गर्नेहुनाले किस्ता तिर्न समस्या हुने बताउनुभयो ।
लिएको ऋण ब्यवसायिक काममा सदुपयोग गर्नुपर्ने न्यौपाने को भनाइ थियो ।
कार्यक्रममा कर्मचारी गौरब प्रसाद धमालाको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा सामुदायिक सहकारीका ब्यवस्थापक दिपक बैद्य,पत्रकार गणेश क्षेत्री, भानु सामुदायिक पुस्तकालय का अध्यक्ष मनिराम ढुङ्गाना ,प्रभु बैंक का मिलन सुवेदी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट सदस्य प्यारि चौधरी,समिक्षा सुनार, कल्पना कुमारी चौधरी, सोनु चौधरी र सिता डगौरा थारुलाई पुरस्कृत गरियको थियो ।
उत्कृष्ट केन्द्र प्रमुख शान्ति चन्द, सबिता दहित , कमला कोइराला पुरुस्कृत हुनुभएको थियो ।
त्यसैगरि किसान शिक्षा कोष पदक अन्त्रगत सदस्यका भावना ढकाल र मोहित खनाललाई पुरस्कृत गरिएको थियो ।


सहकारीको महिला समुहमा आवद्ध र स्थानीय तह निर्बाचन मा निर्बाचित दिलु कामि र बासमति कुमारी चौधरीलाई सम्मानित गरियको थियो ।
त्यसैगरि मृतक सदस्य सिता देबि चौधरीको श्रीमान हरिलाल चौधरीलाई मृत्युलाभको रकम हरिलाल चौधरीलाई ३ लाख ३६ हजार ५ सय ८४ रुपैयाँ हस्तान्तरण गरियको थियो ।
सभापतिको आशनबाट बोल्दै धमालाले तरलताको समय छ ब्यापार ब्यवसाय त्यति फस्टाउन नसकेको स्थिति छ त्यसैले ऋणीले पैसा तिर्न नसकेर समय माग गरेमा लचकता कर्मचारीहरुले अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम को सन्चालन किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणपुर शाखाका कार्यालय प्रमुख सुरजकला शाहिले गर्नुभएको थियो ।