केवल सत्ता र शक्तिको स्वार्थ मात्र

सम्पादकीय
नेपालको राजनीति सत्ता र शक्तिको स्वार्थमा लिप्त भएको पाइन्छ । २०४६ को परिवर्तन पछि राजनीतिक दलका नेताहरु सत्ता केन्द्रित भए । गणतन्त्र आएपछि चरम व्यक्तिवादी सोच हाबी भयो । व्यक्तिवादी सोचले निम्ताएको राजनीति तिक्तताले विकास भन्दा पनि द्वन्द्व बढ्न थालेको छ । वर्तमान गठबन्धनको सरकारले पनि खासै जनताको भावना बुझ्न सकेको छैन । कांगे्रसलाई हामीले साथ दिएका कारण सत्ताको नेतृत्व पाएको छ भन्ने बुझाउने प्रयास माओवादी र एकीकृत समाजवादीले गरिरहेका छन् । एमालेबाट अलग भएको समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेर अर्को नाम दिने निर्णय गरेपछि राजनीतिक दलका नेताहरुको सत्ता स्वार्थ छताछुल्ल भएको छ । मन्त्री जस्तो पद आलोपालो गर्ने हो भने बहुमत किन चाहियो रु जनतासंग बहुमत देउ भनेर हात किन जोड्ने रु काम गर्ने क्षमता नदेखाएपछि मन्त्रीलाई फिर्ता बोलाउनु स्वभाबिकै हो तर आलोपालो भन्नु गलत हो । जे गरेपनि जनता मुकदर्शक हुनुपर्ने रु कुन मन्त्रीले काम गर्न सकेन त्यसको समिक्षा पार्टीले गर्ने हो । जसरी समाजवादीले पहिलो पटक नियुक्त भएका मन्त्री फिर्ता बोलाउने र अर्को टोली पठाउने सोच बनायो यसले आम नागरिकलाई निरास बनाएको छ । आर्थिक २०७९ ÷०८० को बार्षिक बजेट पेश भएको छ । बजेटका बारेमा मन्त्रालय पिच्छे छलफल र बहस हुन बाँकी छ बजेट ल्याउने मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनु कत्तिको उचित हो रु जसले बजेट बनायो त्यसलाई जनताका प्रतिनिधी सांसदले प्रश्न गर्ने बेला मन्त्री परिवर्तन गर्नु संस्कार हिन राजनीति हो । यो खालको राजनीतिले मुलुकलाई पार लगाउने कुरै भएन । तसर्थ नागरिक सचेत हुन जरुरी छ । हामीहरुले जे गरेपनि जनताले पचाउछन् भन्ने सोच नेताहरुले पालेका छन् । जनताले यस्ता नेताहरुलाई समयमै तह लगाउन जरुरी छ ।