क्वारेन्टाइन स्थापना गर्न माग

टीकापुर,२ असार/नेपाली कांग्रेसका सांसद इश्वरी न्यौपानेले खक्रौला नाकामा क्वारेन्टाइन स्थापना गर्न माग गर्नुभएको हो । सांसद न्यौपानेले शुक्रवार प्रतिनीधिसभाको बैठकमा सून्य समयमा बोल्दै यस्तो माग गर्नु भएको हो ।
सांसद न्योपानेले संसदमा भन्नुभयो, ‘‘२०५२ साल देखि भन्सार नाकामा क्वारेन्टाईनको व्यबस्था भई २०५९ सालसम्म सञ्चालनमा रहेपनि पछिल्लो समयमा नाकामा क्वारेन्टाइनको सुबिधा नहुँदा नाकाबाट फलफूल, खाद्यान्न ,कच्चा पदार्थ लगायतका सामाग्री आयातमा स्थानीय र उद्योग व्यबसायीहरुले समस्या झेल्दै आइरहेका छन् ।’’ उहाँले क्वारेन्टाइन नहँुदा भारतीय सीमावर्ती तिकुनियाबाट त्यहाँको भन्सार तिरेर सामान ल्याउन मिल्दैन, नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता छ । सरकारको दृष्टि पुगोस , खक्रौला भन्सारमा छिट्टै क्वारेन्टाईन व्यबस्था गरियोस् , अन्यथा जनताका प्रतिनीधि हामी जनतासंगै सडकमा जानुको विकल्प छैन भन्नुभयो । उहाँले क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रिएको जानकारी गराउँदै २०५२ सालमा शैलजा आचार्य कृषि मन्त्री हुँदा आएको क्वारेन्टाईन २०५९ सालसम्म सञ्चालन भएको जानकारी गराउनुभएको थियो । २०७५ साल असार २० गतेको मन्त्री परिषदबाट सत्ती भन्सार कार्यालय लाई मूल भन्सारमा स्तर उन्नती गरेपनि यो संगै आवश्यक पर्ने क्वारेन्टाइन स्थापना गर्न सरकारले चासो देखाएको पाइदैन ।
क्वारेन्टाइन नहुँदा व्यापारी र स्थानीयले समस्या भोग्दै आएपनि पछिल्लो समय अनलाइन मार्फत चेकजाँच पास दिदा खक्रौला भन्सार कार्यालय देखिन छाडेपछि टीकापुर क्षेत्रका व्यापारी र आम नागरिक आक्रोसित भएका हुन् । पटक–पटक पहल भएपनि क्वारेन्टाइन स्थापना नभएपछि जेठ ३० गते टीकापुर उद्योग बाणिज्य संघले भन्सार कार्यालयमा सांकेतिक बिरोध जनाउँदै तालाबन्दी गरेको थियो ।
संघका पदाधिकारीले बिहिवार सुदुरपश्चिम पदेश सरकारका मुख्य मन्त्री कमलबहादुर शाह लाई भेटेर क्यारेन्टाइन स्थापना गर्न माग गर्दै ग्यापन पत्र बुझाएका थिए भने सोही दिन टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगांैरा थारुले कृषि मन्त्री बेदुराम भुसाललाई ज्ञापन पत्र बुझाएर क्वारेन्टाइन स्थापना गर्न माग गर्नु भएको थियो ।
यता टीकापुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रशाद बजगाईले आफ्नो माग पूरा नहँुदासम्म आफुहरु पछि नहट्ने बताउनुभयो । उहाँले कृषि मन्त्रालय घेर्ने देखि सांसदहरुसंग मिलेर दबाबका कार्यक्रम गर्ने बताउनुभयो । ‘‘पूर्बतिर क्वारेन्टाइन स्थापना हुँदै छ यहि मौकामा खक्रौलामा पनि स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो , यहि आर्थिक बर्षमा क्वारेन्टाइन स्थापना गर्नैपर्छ ,’’ उपाध्यक्ष बजगाईले भन्नुभयो , ‘‘ अतिआवश्यक कार्यालय हो तर राज्यका लागि सामान्य हो तर पनि चासो छैन ।’’ सुदुरपश्चिम भनेपछि कुरा नसुन्ने प्रबृत्ति मौलाउँदै जाँदा समस्या भएको नेपाली कांग्रेसकी नेतृ निर्मला कडायतले बताउँनु भयो । ‘‘भन्सारसंगै भएको क्वारेन्टाइन स्थापना गर्न दबाब दिनुपर्दा राज्यको काम गर्ने शैली कस्तो छ भन्ने यो उदाहरण हो ,’’ कडायतले भन्नुभयो ,‘‘ विकासका सवालमा एकताको कमि छ , टीकापुरको विकासका लागि हामी पनि सुध्रन जरुरी छ । ’’