क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत योजना, अनुगमन तथा मूल्यांकन सम्बन्धी चौमासिक समिक्षा कार्यक्रम

टीकापुर, २०अषाढर/टीकापुर नगरपालिकाले क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत योजना, अनुगमन तथा मूल्यांकन सम्बन्धी चौमासिक समिक्षा कार्यक्रम गरेको छ ।
समिक्षा कार्यक्रममा सिनियर अहेव कमलबहादुर रावलले टीकापुरमा १९४ जना क्षयरोग का बिरामी रहेका जानकारी दिनुभयो । हाल टीकापुरका सबै स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ । नगरपालिकाले गत वर्षको साउनदेखि यस वर्षको जेठ महिनासम्म ४५ जना क्षयरोगका नयाँ बिरामी फेला पारेको जानकारी दिइएको छ ।


क्षयरोगका बिरामीको उपचारका लागि टीकापुर अस्पतालमा एक्सरे गर्दा लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने व्यवस्था मिलाएको छ ।
क्षयरोगको शंका लागेका बिरामीलाई औषधिले काम गरे नगरेको पत्ता लगाउनका लागि परीक्षण गरिने जिन एक्सपट मेशिन बिग्रिएको लामो समयसम्म मर्मत हुन नसक्दा क्षयरोगका बिरामीलाई भने समस्या हुने गरेको अस्पतालले जनाएको छ ।
टीकापुरका नागरिकलाई थप उपचारका लागि नेपालगञ्ज या धनगढी जानु परेमा नगरपालिकाले उपचार खर्च समेत उपलब्ध गराउने गरेको रावलले जानकारी दिनुभयो ।