क्षयरोग मुक्त पालिका घोषणा अभियानको सामाजिक परीक्षण

टीकापुर, ११ जेठ/टीकापुर नगरपालिकाले क्षयरोग न्यूनिकरण का लागि काम गरिरहेको छ । क्षयरोग मुक्त पालिका घोषणाका लागि देशभरिका २५ पालिका छनोटमा परि काम गरिरहेका छन् । सुदूरपश्चिमका ३ पालिकामा टीकापुर पनि क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्र्तगत काम गरिरहेको छ । टीकापुरमा यस वर्ष २७ लाख संघीय संरकार र ८ लाख स्थानीय सरकारले क्षयरोग मुक्त अभियानका लागि बजेट खर्च गरिरहेको छ ।
क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम भएको छ ।
नगरपालिकाले गत वर्ष क्षयरोग निवारणका लागि ५५ लख बजेट खर्च गरेको थियो । नेपालमा क्षयरोग निवारणका लागि सन् १९९६ देखि डट्स कार्यक्रम लागू छ । तर पनि समुदायमा क्षयरोगी को संख्या बढ्दै गएको छ । पछिल्लो समय टीकापुर नगरपालिकाले क्षयरोगीको निदानका लागि हरेक स्वास्थ्य संस्थामा फोकल ब्यक्ति तोकेर काम गरिरहेको छ । यसका साथै खोज पड्ताल गर्न महिला स्वास्थ्य स्वयम सेविकालाई समेत ्परिचालन गरेको छ ।
कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन उप शाखा संयोजक बलबहादुर रावलले अहिलेसम्म गरेका कार्य, क्षयरोगीको अवस्था, उपचारको अवस्था र उपचारमा भएका समस्याबारे जानकारी दिनुभयो ।


सामाजिक परीक्षण कार्यक्रम विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक प्रेमसिँह तिरुवाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नं। ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, टीकापुर अस्पतालका अध्यक्ष झपटबहादुर सोडारी, सिनियर अहेव कमलबहादुर रावल, जनस्वास्थ्य निरीक्षक मिलन बहादुर विष्ट, महिला स्वास्थ्य स्वयम सेविका सुला रावल खत्री, चन्द्रा चौधरी लगायतले बोल्नु भएको थियो ।
नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थारुले स्वास्थ्यकर्मीले सेवाबाट बिरामी लाई खुशी
बनाइरहेको बताउँदै सेवामा झण्झट तथा समस्या भएमा गुनासा गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाले गत वर्ष २१८ जना क्षयरोगका नयाँ बिरामी पत्ता लगाउने लक्ष्य लिएकोमा १६८ जना नयाँ बिरामी पत्ता लगाएको छ । नगरपालिकाले यस वर्षको चैत महिनासम्म १३० जना नयाँ बिरामी फेला परेका जनाएको छ । टीकापुरमा ३ स्वास्थ्य संस्थामा क्षयरोग परीक्षणको व्यवस्था छ । बिगतका वर्षलाई हेर्ने हो भने खोज पड्ताल तिब्र पार्दा समुदायमा क्षयरोगीको संख्या बढी देखिन थालेको छ ।

११२ जना परिवारलाई पोषणका लागि खाद्यान्न वितरण

क्षयरोग संक्रमित विपन्न ११२ जना परिवारलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । नगरपालिकाले बुधबार २४ जना र यसअघि ८८ जनालाई पोषणका लागि खाद्यान्न वितरण गरेको हो ।
खाद्यान्न सामग्रीमा २५ किलो चामल, २ किलो दाल, खाने तेल १ लिटर, १ किलो बदाम, अण्डा एक क्यारेट अण्डा रहेको छ । क्षयरोगीलाई अन्य ब्यक्तिलाई भन्दा बढी पोषण आवश्यक पर्ने भएकाले विपन्न परिवारलाई वितरण गरिएको स्वास्थ्य शाखा संयोजक रावलले जानकारी दिनुभयो ।


यसका साथै पालिकाले अति विपन्न क्षयरोगीलाई उपचार तथा परीक्षणका लागि अन्यन्त्र जानु परेमा यातायात खर्च उपलब्ध गराउने गरेको छ । यातायात खर्चका लागि प्रतिब्यक्ति २० हजारका दरले ७ जनाका लागि रकम भए पनि अहिलेसम्म कसैले सहयोग नलगेको कार्यालयले जनाएको छ ।