खर्च बिबरण बुझाउंदा पनि नाम आएपछि नागरिक उन्मुक्ति पार्टीको ध्यानाकर्षण,निर्बाचन अधिकृतको लापरबाही

टीकापुर,७ असोज/२०७८ साल बैसाख ३० गते भएको स्थानीय तहको निर्बाचनका उम्मेदवारले खर्च विवरण बुझाउँदा पनि खर्च विवरण नबुझाउनेमा नाम प्रकाशित भएपछि नागरिक उन्ुमक्ति पार्टीले गभिंर ध्यान आकर्षण भएको जनाएको छ ।
बिहिवार बिज्ञप्ती जारी गर्दै पार्टीले ध्यानाकर्षण भएको जनाएको हो । निर्बाचन आयोगको नियम अनुसार ३० दिन भित्र खर्च बिवरण बुझाएको पार्टीको बिज्ञप्ती मा उल्लेख छ । ‘‘निर्बाचन आयोगको नियम अनुसार स्थानीय तहको निर्बाचन २०७९ मा कैलालीको जानकी गाउँपालिकाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुको निर्बाचन खर्च निर्बाचन अधिकृतको कार्यालय दुर्गौलीमा निर्बाचन अधिकृत बिश्वदिप बेस्रालाई खर्च विवरण बुझाई सकिएको जानकारी गराउँदछौ । ’’ बिज्ञप्तीमा भनिएको छ ।


साथै बिज्ञप्तीमा निर्बाचन खर्च बुझाएर उम्मेदवारको धरौटी रकम समेत फिर्ता भइसकेको उल्लेख गरिएको छ । गाउँ कमिटी इन्चार्ज फागुराम चौधरीद्वारा जारि उक्त बिज्ञप्तीमा निर्बाचन अधिकृत को लापरबाहीले भएको त्रुटी निर्बाचन अधिकृतले बेहार्नुपर्ने भनिएको छ ।‘‘ निर्बाचन अधिकृतको गैर जिम्मेवार कार्यप्रति नागरिक उन्मुक्ति पार्टी देख प्रकट गर्दछ ।’’ बिज्ञप्तीमा भनिएको छ । जानकी गाउँपालिकाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई जरिवानाको भागेदार नबनाउन पनि सो पार्टीले निर्बाचन आयोगलाई अनुरोध गरेको छ ।
निर्बाचन अधिकृतको वेवास्ताले आफ्ना उम्मेदवारको बद्नाम गर्ने काम भएको भन्दै पार्टीले कानूनी रुपमा अघि बढ्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष गाणेश चौधरीले समयमै निर्बाचन खर्च ववरण बुझाउँदा पनि नाम आएको भन्दै देशको अवस्था कस्तो रहेछ यसबाट प्रष्ट हुन्छ भन्नुभयो ।‘‘ पार्टीले विवरण बुझाएको हो , निर्बाचन अधिकृतले जिम्मेवारी बोध गरेर मिलान गर्नुपर्छ ,’’ चौधरीले भन्नुभयो ,‘‘ खर्च बिबरण बुझाए पछि न धरौटी फिर्ता गरेको हो ।’’ उहाँले निर्बाचन अधिकृतका कारण आफुहरुको बद्नाम भएको गुनासो गर्नुभयो । निर्बाचन आयोग ले खर्च विववरण नबुझाउने उम्मेदवारलाई जरिवाना रकम तोकेको छ ।
६ महिना भित्र जरिवाना बुझाउन आयोगले पत्राचार गरेको छ । देश भरका हजारौं उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने बुझाएकाहरुको पनि नाम आएको छ । अध्यक्ष , उपाध्यक्ष , मेयर र उपमेयरले खर्च विवरण नबुझाएको भए साढे तीन लाख रुपैयाका दरले जरिवाना तिर्नुपर्ने हुन्छ ।