खानेपानीका लागि उम्मेदवारी दर्ता

टीकापुर, २३ साउन/टीकापुर स्थित साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका लागि नयाँ कार्यसमिति चयनका लागि आइतवार उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष सहित ९ जनाका लागि निर्बाचनका लागि उम्मेदवारी दर्ता भएको हो ।
आज ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको निर्बाचन संयोजक काशिराम ढुंगानाले जानकारी गराउनुभयो । उहाँका अनुसार २६ गते बिहान ७ बजे देखि मतदान हुने छ । अध्यक्ष पदका लागि नरेश कुमार खत्री र प्रकाश बहादुर बुढाले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षमा सिर्जना शर्मा पण्डित निर्बिरोध निर्बाचित हुनुभएको छ । सचिबमा चक्रराज तिमिलसेना र मनिष बलायरले उम्मेदवारी दिनुभएको छ । यसै गरी कोषाध्यक्षमा विश्राम थारु, मोतिसिंह खत्री र हिरासिंह बिष्टले उम्मेदवारी दिनुभएको छ ।


खुल्ला सदस्यमा खड्ग धामी, राजेश कुमार चौधरी, भानुभक्त जैशी, देबेन्द्र बहादुर रावल, नवराज ठकुल्ला, पञ्चराम डगांैरा, प्रकाश खत्री , मञ्जितसिंह रावल, सुरेश शर्मा, बमबहादुर वली र दिर्घराज जैशी ९बजगाई० ले उम्मेदवारी दिनुभएको छ । यसै गरी दुई महिला सदस्यका लागि कृष्णि देबी चौधरी, सरिता रावल (थापा) ,चन्द्रावती शर्मा, निर्मला कुमारी थरुनीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा माओवादी र नेकपा एमालेको एउटा समूह , नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी मिलेर निर्बाचनमा जाने सहमति भएको छ । सहमति अनुसार अध्यक्षमा नरेश कुमार खत्री , उपाध्यक्षमा सिर्जना शर्मा पण्डित, सचिबमा चक्रराज तिमिलसेना र कोषाध्यक्षमा बिश्राम कुश्मी हुनुहुन्छ ।
यसै गरी खुल्ला तीन सदस्य का लागि खड्ग धामी, राजेश कुमार चौधरी ,भानुभक्त जैशी रहनुभएको छ भने महिला २ जना सदस्यका लागि कृष्णि देबी चौधरी र सरिता रावल (थापा) टिममा हुनुहुन्छ ।
उता अध्यक्षका उम्मेदवार प्रकाश बहादुर बुढाको समूहमा महिला उपाध्यक्ष्य कोही नपाए पछि खत्री समूहबाट उम्म्ेदवारी दिएकी सिर्जना शर्मा पण्डितलाई नै उपाध्यक्षको उम्मेदवार मान्न बाध्य भएका छन् । केही व्यक्तिले बुढाको समूहबाट उपाध्यक्षमा उम्मेदावर बनिदिन नेपाली कांग्रेस कि एक नेतृलाई हार गुहार गरेपनि महिला नेतृले नमाने पछि उनीहरु निरास भएका छन् । दलहरु बिच सर्बसम्मति गर्ने प्रयास भएपनि अन्तिममा आएर बिबाद मिलेन । ‘‘सर्बसम्मति गर्ने भनिएको थियो एक्कासी निर्बाचन को कुरा आयो संस्थाका अध्यक्ष भैरव बहादुर रावलले भन्नुभयो ,‘‘ मैले नदोहरिने मनस्थिती बनाएपछि वर्तमान समिति बिच सल्लाहा गरेर सचिब नरेश खत्री को नेतृत्वमा नयाँ समिति बनाउने सहमति भएको थियो , पछि केही साथीलाई प्रयोग गरेर सहमति भाड्ने काम भएको छ ।’’
पटक पटक छलफल भएपनि अन्तिममा आएर सहमति नभएको अध्यक्ष का उम्मेदवार तथा बर्तमान कार्यसमितिका सबिच नरेश कुमार खत्रीले बताउनु     भयो ।‘‘ सबै मिलेर जाँदा राम्रो हुन्छ भन्ने हाम्रो सोच हो केही साथीले अनावश्यक राजनीति गर्ने प्रयास गर्नुभयो ,’’ खत्रीले भन्नुभयो, ‘‘ सबै दल मिलेर मेरो नेतृत्वमा निर्बाचनमा जाने सहमति भएको छ यसले उपभोक्तामा राम्रो सन्देश गएको छ ।’’ ‘‘खानेपानी संस्थामा ऋण छ यसलाई व्यबस्थित गर्न सबै दलको आवश्यक्ता पर्ने भएकाले हामीले दलको एकता खोजेका हौं,’’अध्यक्षका उम्मेदवार खत्री ले भन्नुभयो ,‘‘साझा सवालमा सबैले सकारात्मक सोच राख्न जरुरी छ , एकै ठाउँमा बस्दा साना तिना आपसमा समस्या हुन सक्छन् तै पनि मिलेर जानुको विकल्प छैन् ।’’
खानेपानी संस्थामा ७ हजार ४ सय ६ जना उपभोक्ता छन् भने ५ हजार ३ सय २५ जना भोटर छन् । पानीको महशुल बुझाएकाले मात्र भोट खसाल्ने अधिकार पाउने भएका छन् । तीन बर्षे कार्यकालका लागि भइरहेको निर्बाचनमा सबै राजनीतिक दल मिलेर निकास दिन्छन् भन्ने आशा गरिएको भएपनि केही व्यक्तिको पूर्बाग्रहले बिबाद मिल्न नसकेको बताइएको छ ।