खुलेआम झुट

सम्पादकीय
गणतन्त्र त नेताहरुका लाग मात्र आएको रहेछ । आम नागरिकका बारेमा चासो दिनुको सट्टा सत्ता शक्तिको खोजीमा मात्र लागेको पाइन्छ । सत्तामा जाने र मोज गर्नमा नेताहरु व्यस्त छन् । सत्तामा जाने बित्तिकै कमाउने सोचमा लागेपछि देश र जनताको याद आउने कुरै भएन । नेताहरुलाई कानूनले नछुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माको बजेट प्रकरणमा जनार्दन शर्माले सफाई पाएको अवस्था छ । छानबिन समिति बन्यो तर शर्माले सफाई पाए । यो भन्दा लाजमर्दो कुरा के होला रु नेताहरु कानून नमान्नेमा पुगिसकेका छन् भन्ने यो प्रमाण पनि हो । अर्थमन्त्रीको गल्ती थिएन भने सिसिटिभी फुटेज किन डिलेट गरियो रु सिसिटिभी फुटेज अरुले तीन महिना राख्नुपर्ने नेताहरुलाई परेपछि जतिबेला पनि मेटाउन पाइने रु नागरिकले मेटाए मुद्धा लाग्ने नेताहरुलाई छुट हुने कस्तो पद्धतीको विकास गर्न खोज्दैछौ । देशको अर्थतन्त्र डुबाएर व्यक्ति मोटाउने गरी काम भएको सबैले प्रष्ट बुझेका छन् तर नीति नियम बनाउनेहरुले छुट दिन्छन् । सबै भ्रष्ट छन् त्यसैले जनार्दन शर्माले उन्मुक्ति पाउछन् भन्ने आम नागरिकले आशंका गर्दै आएका थिए । नागरिकले जे आशंका गरेका थिए त्यहि नतिजा आयो । गणतन्त्रका नाममा लुटतन्त्र हाबी भएको छ । जनता सचेत भएनन् भने दलको आडमा लुटतन्त्र अझ झागिंदै जाने निश्चित हो । सत्तामा लुट्नलाई पठाएको होइन । ओली सरकारले करिब साढे तीन बर्ष ज्यादती ग¥यो भनेर नथाक्नेहरु यतिखेर सत्तामा छन् तर जनताले ओलीको शासन भन्दा फरक केही पाएका छैनन् । नागरिकलाई ओलीको सरकार हो कि गठबन्धनको सरकार हो केही फरक महशुस भएको छैन । बरु पीडा थपिएको छ । नागरिकलाई ओली सरकारबाट छुटकारा दिएर राम्रो सरकार दिन्छौ भन्थे सत्तामा आए तर काम पुरानै पाराको भएपछि जनता निरास छन् । जनताले जो आएपनि चोर हुन् भन्ने बेला आएको छ । इमान्दारिता देखिएन । भ्रष्टाचार र व्यतिथी कम भएको छैन । तसर्थ जनताले लुटमा लागेकाहरुलाई चिन्न जरुरी छ ।