गगन र बिश्वप्रकास उपनिर्बाचनमा फसे

सम्पादकीय
राजनीतिक बिश्लेषक पुरुषोत्तम दहाल गगन थापा र बिश्वप्रकास शर्मा सय वाटका बल्व हुन् भने रबी लामिछाने एक हजार वाटका बल्व हुन् भन्ने बिश्लेषण गरेका छन् । जता उज्यालो हुन्छ जनता उतै लाग्छन् भनेका छन् । उपनिर्बाचनको परिणामले यहि देखाएको छ । उपनिर्बाचन भन्दा पहिला गगन र बिश्वको भाषणले चर्चा पाउने गरेको थियो । संसदमा गगन थापा बोल्दा जनताले कान ठाडा गरेर सुन्ने गरेका थिए । गगन एक्लै भए भनेर जनताले बिश्वप्रकाशलाई पनि पठाए । सदन अब घन्किन्छ भन्ने नागरिकले बुझेका थिए तर पछिल्लो समय ज्ञानेन्द्र शाही , रबी लामिछाने , अमरेस कुमार लगायतका नेताहरुले सदन तताएको नागरिकले महशुस गर्न थालेका छन् । गगन र बिश्वको भाषण फिका भएको नागरिकले महशुस गरिरहेका बेला उपनिर्बाचनमा गगन र बिश्वको प्रस्तुती नागरिकले पूर्ण रुपमा अस्विकार मात्र गरेनन् मत जाहेर गरेर भाषणले हुँदैन भन्ने सन्देश दिएका छन् । नेपाली कांग्रेसमा सबैले आशा गरेका यि दुई पात्रको यतिखेर व्यापक आलोचना हुन थालेको छ । यही अवस्था रहने हो भने नागरिकले गगन थापालाई भोट दिने अवस्था छैन । जनताको भावना बिपरित जानु गलत हो भन्ने बुझ्न जरुरी छ । हामीले जे बोलेपनि जनताले पत्याउँछन् भन्ने भ्रम हटाउन जरुरी छ । जनता व्यतिथीले आजित छन् अनी गगन र बिश्वको भाषण किन बिश्वास गर्छन् ? नागरिकको जनजीविकाको सवालमा होस् या मन्त्रालयमा भएका कामकारबाही जनताले नियालेर हेरिरहेका छन् । मन्त्रालयका काम र सुशासनको पाटोेमा खरो उत्रने नसक्ने अनी जनतालाई भाषणले भुल्याएर कतिञ्जेल सत्तामा बस्न सकिन्छ ? नेपाली कांग्रेसमा आमूल परिवर्तन हुन जरुरी छ । पार्टीमा दलाल , भ्रष्ट र माफिया हाबी भएका छन् । केन्द्रमा चाकडी गरेर टिकट लिने अनी जनप्रतिनीधि भएपछि लुट्न व्यस्त हुने भएपछि जनता कतिञ्जेल चुप लाग्छन् ? एक पटक मन्त्री भएपछि अर्काे पटक लड्दा मन्त्री भएको होस् पैसा कमाएको हुनु पर्छ भन्ने मानसिकता केन्द्रका नेताहरुले राखेको पाइन्छ । यसरी गणतन्त्रमा देखिएको बिकृतीका बारेमा गगन र बिश्वप्रकाशले ठोस कार्यक्रम नल्याएर स्वर्णिम वाग्ले र रबी लामिछानेका बिरुद्ध जसरी व्यक्तिगत हमला गर्ने कामे गरे जनताले पचाएनन् । पुरानै शैलीबाट जनताले पत्याउने अवस्था छैन । नयाँपन केही देखाए कांग्रेस बलियो हुन्छ हैन भने २०८४ सालपछि मुलुक अलग बाटोमा जाने निश्चित हो । यतिखेर कांग्रेस , एमाले र माओवादीका निष्ठावान कार्यकर्ता र नेताहरु आमूल परिवर्तनको पक्षमा छन् । त्यसैले नेताहरुले समयमै आफुहरुलाई सुधार्न जरुरी छ ।