गड्यौला मल (भर्मि कम्पोस्ट मल) सम्बन्धि प्रबिधि तालिम सम्पन्न

गणेश क्षेत्री
टीकापुर, २९ चैत/गड्यौला मल ९भर्मि कम्पोस्ट मल० सम्बन्धि प्रबिधि तालिम टीकापुर नगरपालिका वडा नं। ९ र भजनि नगरपालिका वडा नं ५ लालबोझिमा सम्पन्न भएको छ । परियोजना अधिकृत बिनोद शाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा ५ नम्बर का वडा सदस्य राजेन्द्र खनालले रासायनिक मलको प्रयोगले जमिनको उर्बरा शक्तिको कमि हुनुको साथै स्वास्थको दृष्टिकोण ले समेत घातक भएकोले गड्यौला मलको प्रयोगले अग्र्यानिक खेति हुने र स्वास्थ मा समेत फाईदाजनक हुनाले दिगो बिकास भजनिले दिन लागेको तालिम निकै सर्हानिय भएको बताउनुभयो ।
परियोजना अधिकृत बिनोद शाहले कार्यक्रमको उद्देश्य र फाइदाको बारेमा प्रकाश पार्नुभएको थियो । शाहले तरकारी खेति गर्नाले जमिन को उर्बरा शक्ति कायम हुने अथवा बढ्ने , अग्र्यानिक तरकारी खेति को महत्व, मानब स्वास्थमा सुधार आउने, रासायनिक मल युरिया र डियपि समयमै नपाउने र जैबिक मलद्वारा उत्पादन लाई जोड दिने , किसान को रासायनिक मल किन्ने पैसा बचत हुने, गड्यौला मल बनाएर ब्यवसायिक रुपमा अगाडि बढेमा आम्दानी को स्रोत बढेर जिवनस्तर उकासिने बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी पदमपुर ७ कि बुना चौधरीले आफ्नो पहिल्यै देखि अग्र्यानिक खेति गर्ने इच्छा रहेको र आज दिगो बिकासले सरल र सहज रुपमा गड्यौला मल बनाउने तालिम दिएकोमा धन्यवाद दिनुभयो ।
अर्की सहभागी सरिता चौधरी ले तालिममा महत्वपूर्ण जानकारी पाएको र अब सिकेको सिपलाइ ब्यवसायिक रुपमा अगाडि बढाउने सोच रहेको बताउनुभयो ।


तालिमका प्रशिक्षक तथा त्रीशुल कृषि तथा पशु पंक्षी महेन्द्रनगर का संचालक सुरेन्द्र बहादुर चन्द ले घरबाट निस्किने फोहोर , भान्साबाट निस्किने कुहिने फोहोर अथवा गोबरलाई गड्यौला मल बनाउदा सरसफाइ पनि हुने र उत्पादन भएको तरकारी तथा खाद्यान्न स्वास्थको दृष्टिकोणले समेत महत्वपूर्ण भएको बताउनु भयो ।
प्रशिक्षक चन्दले रासायनिक मल किन्दा बचत गरेको पैसा पनि खर्च हुने र समयमै पनि नपाइने हुनाले कृषकहरुको लागि गडयौला मल बरदान साबित हुने बताउनुभयो ।
कार्यक्रममा भजनि नगरपालिका १, २,३,५ र ७ का २५ वटा समुह का २५ जना महिला र टीकापुर नगरपालिका का ६,७,८ र ९ का २५ वटा महिला समुह बाट २५ जना महिला तालिममा सहभागीता जनाएका थिए ।
कार्यक्रमको संचालन कर्मचारी खुसीराम चौधरीले गर्नुभएको थियो भने आयोजक दिगो बिकास समाज भजनि र साझेदारि वर्ड भिजन ईन्टर नेसनल नेपाल रहेको थियो । कार्यक्रम मा २ वटा समुहलाई गरेर १० किलो गडयौला बितरण गरिएको थियो ।