गणतन्त्रवादीले लाज मान्न छाडे

सम्पादकीय
राप्रपाका अध्यक्ष एंब सांसद राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिनुभएको छ । आइतवार संदनमा आफ्नो बिचार राखेर अब संसदमा नआउने जानकारी गराउनुभयो । उहाँले अब आफुले पाउने सुबिधा रोकिदिन सभामुखलाई आग्रह गर्नुभयो । लिङ्देनले गठबन्धन दलले निर्बाचनको मिति तोकिएपछि पनि संसदको म्याद बढाउने सोच बनाएपछि आफु गलत काममा सहभागि नहुने बताउनुभयो । संसदको मिति मसिंर ४ गतेसम्म राख्ने निर्णयले आफुलाई लज्जित बनाएको भन्दै लिङ्देनले सदनमा राजीनामा दिन चाहन्छु भन्नुभयो । राप्रपालाई गणतन्त्रवादीले पश्चगमन देखिरहे तर राप्रपा भन्दा पनि तल्लो स्तरको बिचार गठबन्धनले बोक्न थालेका छन् । केवल सत्ता स्वार्थका लागि गणतन्त्रवादीहरुले जनतालाई ठग्ने काम गरिरहेका छन् । हामी मिलेपछि जे गरेपनि हुन्छ भन्ने सोच पालेको देखियो । पञ्चायतलाई गाली गर्ने नेताहरु पञ्चायतको भन्दा तल्लो स्तरको राजनीतिमा उत्रेका छन् । आम नागरिकले बुझ्ने गरी तल्लो स्तरको राजनीति गर्दै गर्दा मंसिर ४ गते हुने निर्बाचनमा नकारात्मक प्रभाव पर्ने निश्चित हो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले संसदीय समितिमा राजनीतिक दलका नेताहरुको मुकुण्डो उतार्न थालेपछि नेताहरु अत्तालिएका छन् । राणाले अदालतमा देखिएको व्यतिथी र नेताहरुको व्यबहार छताछुल्ल पारेपछि आम नागरिक तहमा यतिखेर आक्रोसको माहौल छ । आफु अग्रगमन हौं भन्नेहरु अहिले पश्चगमन भन्दा पनि तल्लो तहको व्यबहारमा उत्रेपछि नेताहरु देश र जनता भन्दा पनि सत्ता स्वार्थमा लागेको बुझिन्छ । पञ्चायतमा अधिकार पाएनौं भनेर आन्दोलनमा लागेका नेताहरु यतिखेर मुलुकलाई बन्धक बनाएर लुट्ने पक्षमा लागेका छन् । राजेन्द्र लिङ्देन जत्तिको पनि बिचार राख्न नसक्ने हो भने के सन्देश जान्छ ? जनता सार्बभौम हुन् भनेर भाषण गर्ने अनी जनताको भावनालाई पटक पटक लत्याउनेहरु कसरी जनताको प्रतिनीधि हुन सक्छन् । तसर्थ जनता सचेत हुन जरुरी छ । मुलुक असफल बनाउने प्रयास भइरहेको छ । यसमा नागरिक सचेत हुन जरुरी छ ।