सम्पादकीय
नेपालको गणतन्त्र खतरामा छ भनेर सबैले महशुस गर्न थालेका छन् । सरकार बनाउन एक सय ३८ सिट चाहिने भएपनि ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गरेको छ । त्यति मात्र होइन २सय ७० जना सांसद उपस्थित भएकोमा २ सय ६८ जनाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई समर्थन दिएका छन् । यसरी बिना प्रतिपक्षको बहुदलिय व्यवस्था कसरी अघि बढ्न सक्छ रु प्रतिपक्षमा बस्न डराउने संस्कृती बसाल्ने हो भने मुलुक भयाबह अवस्थामा पुग्ने निश्चित हो । सरकारको काम पछि सहयोग असहयोग जे पनि हुनसक्छ तर शुरुमै समर्थन दिनु गलत हो । जनताले ३२ सिट दिएका छन् अनी राजनीतिक दलले २६८ सिट दिने हो भने किन निर्बाचन गर्नु रु निर्बाचन खर्च किन गर्ने रु यदि यो बहुमत पछिका लागि हो भने पनि खतरा छ । राजनीतिक दलका नेताहरु सक्दासम्म मिलेर खाने नभए सरकार परिवर्तन गर्ने भन्ने हुनुपर्छ । यो भन्दा लाजमर्दो कुरा अरु के होला रु गणतन्त्रका नाममा पृथ्बी नारायण शाहको जन्म जयन्ती मनाउने दिन पुष २७ गतेको बिदा काटियो । राष्ट्रिय एकताका प्रतिक शाहको सम्झना गर्न नहुने अनी सत्तामा बसेर देश लुट्नेहरुबाट जनताले कतिञ्जेल आशा गरेर बस्छन् रु आफैले हटाएको बिदा सत्ताका लागि पुनः बिदा दिन शुरु भयो । यसैबाट थाहा हुन्छ की नेताहरु देश र जनताको भन्दा आफ्नो स्वार्थमा लागेका छन् । नेपालमा २०४६ को परिवर्तन पछि मुलुक प्रजातन्त्रलाई बलियो बनाउँदै विकास निर्माणमा अघि बढ्नुपर्ने थियो । त्यतिबेला नेपालमा खासै प्रबिधि भित्रिएको अवस्था थिएन । पञ्चायतकालमा भएको विकासलाई नियाल्ने हो भने २०४६ को परिवर्तन पछि खासै विकास भएको पाइदैन । हुन त २०४६ को परिवर्तन पछि कांग्रेसको सरकारले गाउँ गाउँमा शिक्षा, स्वास्थ्य र सडकका बिषयमा उल्लेख्य काम गरेको हो । मध्यावधी निर्बाचन पछि मुलुक अस्थिरताको सिकार भयो । अस्थिरताको सिकार भइरहेका बेला भारतमा बसेर नेपालका बिरुद्ध लडेका माओवादीले नेपाली जनतालाई बाडेका सपना जनतालाई उल्लू बनाउन मात्र रहेछ भनेर प्रष्ट भएको छ । जनयुद्धमा हजारौं नागरिक मराएर शान्ति वार्ता मार्फत सत्तामा आएका माओवादी को व्यबहार हेर्ने हो भने माओवादीले देशलाई धोका दियो भन्न सकिन्छ । मिलिजुली साशन गर्ने भनेको मिलिजुली खाने भन्ने बुझेका रहेछन् । मिलिजुलीका नाममा मिलिजुली खाने व्यबस्थामा परिणत गराउँने काम भयो । तसर्थ जनता सचेत हुन जरुरी छ ।