टीकापुर, २९ माघ/टीकापुर नगरपालिकालका प्रमुख रामलाल डगौरा थारुले गुलावको शहर बनाउन सुझाव लिनुभएको छ ।
सोमबार आफ्नै कार्यकक्षमा छलफल आयोजना गरी सुझाव लिनु भएको हो ।
सुझाव दिने क्रममा नेपाली काँगे्रसका नेता नवराज रावलले समयमा सोच नपु¥याउँदा अहिले गुलाब रोप्ने ठाउँका ढुङ्गा उठाउन ठूलो श्रमदान लागेको बताउनु भयो । उहाँले गुलाब शहरको योजनाले टीकापुरको प्रचारप्रसार भैरहेकाले सफल बनाउनुपर्ने बताउनुभयो ।
व्यवसायी टीकाराम जैसीले एक पटक अभियानका रुपमा लाग्दा बिरुवा रोप्न त सकिए पनि जोगाउन कठिन हुने भएकाले पानीको व्यवस्था मिलाइ दिएर संघसंस्थालाई जिम्मा दिनुपर्ने सुझाव दिनु भयो ।

नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले गुलाबको शहर बनाउन ठूलो लगानी चाहिने भएकाले नगरपालिकाले आफ्नो बजेटले भ्याउने, श्रमदानबाट धान्ने र अरुबाट माग्ने योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले गुलाब हुर्काउन धेरै मिहिनेत चाहिने भएकाले सिचाई स्थायी जनशक्ति व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कृषि विज्ञ कृष्ण न्यौपानेले जंगली गुवाबलाई हाइब्रिड बनाएर ४५ डिग्रीसम्म तापक्रम थेग्ने बनाउन सकिने र त्यो भन्दा बढी तापक्रम भएर गुलाब नफुले अन्य फूलहरु फूलाउन सकिने बताउनु भयो । उहाँले गुलाब संवेदनशील विषय भएकाले यही वरपरका क्याम्पसका बनस्पति विज्ञहरु र प्राङगारिक मलको प्रयोग गरेर गुलावको शहर बनाउन सकिने सुझाव दिनुभयो ।
बीरेन्द्र विद्या मन्दिर क्याम्पसका प्रमुख हर्क भण्डारीले नगरप्रमुख सँग जोखिम मोल्ने सहास देखिएकोले समुदायका मानिसहरु स्वस्फूर्त रुपमा आइरहेकाले यसलाई निरन्तरता दिन योजना बनाएर जानुपर्ने बताउनुभयो ।
नगर प्रमुख रामलाल डगौरा थारुले नीति र योजना बनाएर गरौला भन्दा ढिलो हुने भएकाले कुनै न कुनै ठाउँमा देखाउनु पर्छ भनेर फागुन २ गुलाव रोप्न शुरु गरिने बताउनुभयो ।
श्रमदानले ठालु महाराजाले श्रम गर्न लागेको देखेर गाउँका मानिस को आत्मसम्मान बढेको भन्दै सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
मूल सडकमा गुलाब फुलेन भने हरियाली हुन्छ अन्य सडक र ब्लकमा गुलाब फुलान सकिने बताउनुभयो ।
सहभागीहरुले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउदै दिगोपनाका बारेमा नगरपालिकाले नीति योजना बनाएर काम गर्नुपर्ने सुझाव दिएका छन् ।
सुझाव दिनेमा नेकपा एमालेका धु्रव खत्री, शिक्षक केशरबहादुर रावल, धर्मराज शर्मा, रघुनाथ उपाध्याय, सुरेन्द्र शाह, लिखराम चौधरी, कृषि प्राविधिक मोतिसिंह विक, नागरिक उन्मुक्ति पार्टीका नेता जीतबहादुर चौधरी, होटल व्यवसायी छत्र बोगटी, टीकापुर खानेपानीका मनिष बलायर लगायत हुनुहुन्छ ।