ग्लोबल आइएमइ बैंक टीकापुरद्वारा दुईजना बिद्यार्थीलाई छात्रवृत्ति बितरण

टीकापुर, ११ असार/ग्लोबल आइएमइ बैंक टीकापुर शाखाले दुईजना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ ।


वीरेन्द्र बिद्या मन्दिर टीकापुर मा कक्षा ९ मा अध्यनरत २ जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका बिद्यार्थी हरुलाइ बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्त्रगत जनही रु५ हजार हस्तान्तरण गरिएको र पढाइलाई निरन्तरता दिएमा कक्षा १२ सम्म छात्रवृत्ति निरन्तर रहने ग्लोबल बैंक टीकापुर शाखाका प्रबन्धक प्रकाश भट्ट ले बताउनुभयो ।


बैंक ले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा क्षेत्र लाई पहिलो प्राथमिकता मा राखेकोमा बिद्यालय का प्राचार्य यज्ञराज ज्ञवालिले बैंकलाई धन्यवाद दिंदै यस्तो कार्यले बिद्यार्थीको मनोबल बढ्नुका साथै बिपन्न बर्गका बिद्यार्थीको पढाइमा समेत निरन्तरता मा सहयोग पुग्ने बताउनुभयो ।