ग्लोबल आइएमई बैंकले ग्राहकलाई ठग्दै

गणेश क्षेत्री
टीकापुर , २१ जेठ/ग्लोबल आइ एम इ बैंक टीकापुर शाखाले ग्राहकलाई ब्याजदरमा झुक्यायर चर्को ब्याजदर असुलेको पीडित ले बताएका छन् ।
बैंकका ऋणी नृपराज खड्का ले २०७७ श्रावणमा ९ प्रतिशत ब्याजदरमा कुरा गरेर ऋण लिए पनि बैकले १२ प्रतिशत भन्दा ज्यादा असुलेको बताउनुभयो ।
बैंकका म्यानेजर हरिशचन्द्र भट्टले ऋण लिनेबेला लिन्छन् अहिले तनाब गराउने बताउदै झर्किनुभयो । पछि कुराकानिकै क्रममा तपाईंलाई मर्का नै परेको छ भने निवेदन दिनुहोस् भनेर निवेदन लेख्न लगाएका थिय । तर निवेदन दिएपछि पनि पुरानै ब्याजदर तिरेको पीडित ऋणी नृपराजले बताउनुभयो ।


२०७७ सालमा अहिलेको जस्तो तरलता नभएर बैंकले नै ग्राहक खोजिखोजि हिँड्ने अवस्था मा ऋण लिएको र छोराहरु बिदेशमा भएकोले प्राय पैसा खातामा नै हुने र बैंक ले आफै काट्ने हुनाले आफुलाइ ब्याजदर सहमति अनुसार नै भएको जस्तो लागेको थियो तर अचेल ब्याजदर ३ प्रतिशत बढेर १५ प्रतिशत भएको भनेपछि मात्रै बैंकबाट आफु ठगिएको नृप राज खड्का ले बताउनुभयो ।
टीकापुर उध्योग बाणिज्य संघ का निबर्तमान महासचिव तपेन्द्र स्वाँर ले २०७७ सालमा लगभग सबैजसो बैंक ले ८ देखि ९ प्रतिशत ब्याजदरमा लगानि गर्ने गरेको आफु लाइ जानकारि भएको बताउनु भयो । देश आर्थिक मन्दिमा डुबेको छ ब्यापारीहरु पलायन भएका छन् भने बाँकी अझंै पलाएन हुने स्थिति मा छन् त्यसैमाथि बैंकले गुमराह मा राखेर चर्को ब्याज असुलि गर्न खोज्नु भनेको बैंक को ज्यादति हो सबैले बिरोध गर्नुपर्छ भन्नुभयो ।