ग्लोबल ओरियन्सका बारेमा छानबिन हुनुपर्छ

सम्पादकीय
टीकापुरमा सञ्चालित ग्लोबल ओरियन्स बारे प्रहरी प्रसाशनले गहिरो गरी छानविन गर्न जरुरी छ । सेवा दिने र रोजगार दिने भनियपनि अपत्यारिलो कुरा थियो । सोझासाझालाई पटक पटक फोन गर्ने गरेका थिए ग्लोबल ओरियन्सका कर्मचारीले । कतिपय बुझेर लागेका थिए भने कतिपय लोभमा फसेका हुन् । यो संस्थाका बारेमा तीन महिना देखि पत्रबार एकिन्द्र तिमिलसेनाले गरेको अध्ययनले अन्ततः सार्थक परिणममा पुगेको छ । पत्रकार तिमिलसेनाले ग्लोबल ओरियन्सबाट ठगिएका कुरा समाचारमा आएपछि प्रहरी र प्रशासनका आँखा खुलेका छन् । नागरिक ठगिएको चाल नपाउने प्रहरी र प्रशासनले जनताको कस्तो सुरक्षा दिइरहेका हुन्छन् सहजै अनुमान गर्न सकिन्छ । समाचारका कारण प्रहरी हर्कतमा आएर ८ जनालाई प्रक्राउ गरेर छानबिन भइरहेको छ । यसरी प्रहरीले यो घटनाका बारेमा गहिरो अध्ययन गरेर कडा कारबाही गर्न जरुरी छ । आर्थिक अराजकता बढ्दै गएको छ । जुन देशमा आर्थिक अराजकता बढ्छ त्यो देशमा आपसि अबिश्वास बढ्ने निश्चित हो । आर्थिक अराजकता रोक्न प्रहरीले सकृयता देखाउन जरुरी छ । समाजमा आर्थिक प्रलोभन समस्याको रुपमा रहेको छ । काम गरेर खाने वातावरण छैन त्यसैले सजिलै पैसा कमाउने ध्याउन्नमा लागेको पाइन्छ । पैसाकै कारणले समाजमा द्वन्द बढ्दै गएको छ। आर्थिक अराजकतामा कोही पनि संलग्न नहुने हो भने समस्या हुँदैन । तसर्थ हरेक नागरिक सचेत हुन जरुरी छ ।