टीकापुर, २१ अषाढर/ईलाका प्रहरी कार्यालय टीकापुरले नेत्रविक्रम चन्द विप्लपका तीन जना कार्यकर्तालाई आइतबार पक्राउ गरेको छ । उनीहरुलाई बजार क्षेत्रमा धम्क्याएर रकम असुलेको आरोपमा पक्राउ गरिएको हो ।
चन्दा असुली गरिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्दा असुली भइरहेको गोप्य सूचनाका आधारमा टीकापुर नगरपालिका वडा नं। १ का जयन्त बिष्ट, जयसि सुनार र दिनेश बि।क।लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले बताउनुभयो ।
डिएसपी शाहीले ठेली, पर्चा, लेटरप्याड सहित उनीहरुलाई पक्राउ गरेको बताउनुभयो । केही दिनदेखि उनीहरुले बजार क्षेत्रमा धम्क्याएर चन्दा असुली गरिरहेको सूचना अनुसार पक्राउ गरिएको बताउनु भयो । उनीहरुमाथि थप अनुसन्धान गरि उनीहरुलाई आवश्यक कार्वाहीका लागि जिल्ला चलान गरिएको र साथै आजका मितिदेखि लागु हुने गरि चन्दा असुली ऐन अन्र्तगत आवश्यक कारबाही अघाडी बढाइएको डिएसपी शाहीले बताउनु भयो ।
टीकापुर बजारमा चन्दा असुली गर्नेलाई ईलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको हुँदा हामी ब्यापारी धेरै खुशी भएको टीकापुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष सुरेन्द्र किशोर गिरीले बताउनु भयो । यसरी बजारमा ब्यापारीहरु लाई धम्क्याएर पैशा असुल गर्ने र व्यापारीलाई सताउने जोसुकै भएपनि कार्वाही गर्नुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले ईलाका प्रहरी कार्यालय टीकापुरको यो राम्रो कार्य भएकोले धन्यवाद दिनुभयो ।
टीकापुरमा डिएसपी हेम शाही आइसकेपछि टीकापुरको शान्ति सुरक्षामा सुधार आएको छ । पछिल्लो समय टीकापुरमा लागु औषध प्रयोगकर्तामा पनि कमि आएको छ ।