सम्पादकीय
गगन थापाले मूर्ती बेच्नेहरुले हिन्दु धर्म बचाइ दिन्छन् भनेर बिश्वास गर्नुपर्ने अनी हाम्रो धर्म यति कमजोर छ भनेर बोलेछन् । उनले अप्रत्यक्ष पूर्ब राजा ज्ञानेन्द्रलाई भनेका हुन् । पूर्ब राजपरिवारलाई बिभिन्न आरोप लगाउने नेताहरु सत्तामा छन् तर पूर्ब राजा भन्दा बद्नाम भएका छन् । गगन थापाले बोलेको कुराको प्रमाण छ की छैन भन्ने हो । प्रमाण बिना जथाभावी बोल्दै जाने हो भने वाख्रा चोरेको आरोप जनताले किन नपत्याउने रु देशको होनहार युवा कांग्रेसजनले उनैबाट आशा गरेका छन् । केही गरे गगनले गर्छन् भन्ने बिश्वास छ । यस्तो आशा गरेको व्यक्तिले जथाभावी बोल्ने हो भने नागरिकले पत्याउन छाड्छन् । गणतन्त्रमा नागरिकले दुख कष्ट मात्र होइन शान्ति सुरक्षाको समस्या भोग्नु परेको छ । भएका बिकृती बिसंगति सच्याउनुको साटो पूर्ब राजालाई तथानाम बोल्नु गलत हो । पञ्चायतकालमा राजपरिवारले स्विजरल्याण्डमा पैसा जमा गरेको छ भनेर राजनीतिक दलका नेताहरुले भन्ने गरेका थिए । राजपरिवार कै कारण मुलुक कमजोर भयो भनेर प्रजातन्त्र माग गरियो त्यसैका लागि आन्दोलन भयो । प्रजातन्त्र आएपछि नेपाललाई स्विजरल्याण्ड बनाउँछौ भनेर नेताहरुले भाषण गर्ने गरेका थिए । प्रजातन्त्र कालमा निर्माण भएका भौतिक संरचना जनयुद्धका नाममा ध्वस्त पारिए । गणतन्त्र नआउँदासम्म देश अघि बढ्दैन भनेर भनियो तर गणतन्त्र आएको डेढ दशक भयो नेपालको अवस्था नाजुक भयो । राजपरिवारले स्विजरल्याण्डमा राखेको पैसा अहिलेसम्म आएन । सत्ता र शक्तीमा भएका बेला गद्धीबाट हटाइएका राजाको पैसा स्विजरल्याण्ड बाट ल्याएर देशको विकास गर्नुपर्ने थियो । स्विजरल्याण्डबाट पैसा ल्याएर देश विकासमा लागेका भए जनताले पनि जयजयकार गर्ने थिए । तसर्थ नेताहरुले जथाभावी बोल्ने बानी छाड्न जरुरी छ । गल्ती ढाकछोपमा लाग्ने चलनले मुलुकमा थप संकट पैदा भएको कुरा बिर्सन हुँदैन ।