जनकल्याणलाई सुदूरपश्चिमको उत्कृष्ट सहकारी पुरस्कार

टीकापुर, २१ चैत/कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट संस्था पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
राष्ट्रिय सहकारी महासंघले नेपालका उत्कृष्ट कार्य गर्ने सहकारी संघरसंस्था तथा अभियान को प्रवद्र्धनमा योगदान पुर्याउने अभियन्ता लगायतका विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको हो ।

महासंघले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित विशेष समारोहमा पुरस्कृत हुने व्यक्तित्व तथा संघरसंस्थाको नाम सार्वजनिक गरेको हो । जस अन्तरगत सुदुरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. टीकापुर, कैलाली पुरस्कृत भएको हो । त्यस्तै अन्य प्रदेशहरुमा कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि। झापा, मधेश प्रदेश बाट साना किसान कृषि सहकारी संस्था लि. सर्लाही, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे, गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लि. पर्वत, लुम्बिनी प्रदेशबाट तिलोत्त मा बहुमुखी सहकारी संस्था लि. रुपन्देही, कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लि. डोल्पा पुरस्कृत भएका छन् । त्यस्तै, राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट बाग्लुङका शान्त राज शर्मा पुरस्कृत हुनुभएको छ । उहाँ लामो समयसम्म महासंघको व्यवस्थापकीय नेतृत्वमा रहनुभएको थियो ।
त्यसैगरी सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी अखबार अनलाइन का सम्पादक खिलानाथ दाहाल पुरस्कृत घोषित हुनुभएको छ ।
महासंघका संचालक डिवी बस्नेतको संयोजकत्वमा संचालकद्वय टिका बुढाथोकी र राजेन्द्र पौडेल तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका शाखा अधिकृत खेमनारायण पौडेल र सहकारी विकास बोर्डका उपनिर्देशक टाइन्द्र अधिकारी रहेको उपसमितिले गरेको सिफारिस को आधारमा महासंघको २०५ औं बोर्ड बैठकले पुरस्कृत संघ÷संस्था तथा व्यक्तित्वहरुको छनोट गरेको थियो । उत्कृष्ट सहकारी संघ पुरस्कारबाट जिल्ला सहकारी संघ लि।काभ्रे पुरस्कृत हुने भएको छ । पुरस्कृत घोषणा गरिएका संघ÷संस्था तथा व्यक्तिलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।