जनकल्याण सहकारीमा सहकारी महासंघको अनुगमन

टीकापुर, १५ बैशाख/कैलाली को टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा राष्ट्रिय सहकारी महासंघको टोलीले अनुगमन निरीक्षण गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक सुरेश थापा, योजना तथा वित्ति विभाग प्रमुख तेज प्रसाद गौतम र अनुगमन अधिकृत अच्युतम थापाको टोलीले बिहिबार संस्थाको अनुगमन तथा निरीक्षण गरेको हो ।
२०७९ चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गर्ने घोषणा गरेको महासंघको टोलीले सहकारीले गरेका असल अभ्यासको थप निरीक्षण गर्न सहकारीको तर्फ बाट भैरहेका आगामी योजनाहरु को विषयमा जानकारी लिन तथा संस्थालाई अगामी दिनमा थप सुधारका लागि आवश्यक मार्गनिर्देशन दिने उदेश्यले टीकापुर आएको महासंघका नायव महाप्रवन्धक सुरेश थापाले बताउनुभयो ।


जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष नृपराज भण्डारी सहित संचालक तथा कर्मचारीहरुले महासंघको टोलीलाई संस्थामा स्वागत गर्नुभएको थियो ।
जनकल्याणका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रियामा सहकारीका तर्फबाट उपाध्यक्ष मनोज कुमार साउद, सचिव लालकेश जैशी र सल्लाहकार ज्योति प्रसाद बुढाथोकीले सहकारीको तर्फबाट धारणा राख्नुभएको थियो ।
समग्रमा सहकारीले हालसम्म गरेका गतिविधि राम्रो रहेको र आगामी दिनमा यसलाई थप उचाइमा पुगाउनको लागि संस्थामा विद्यमान नीति तथा कार्यविधिहरु लाई आवश्यकता अनुसार थप परिमार्जन गर्दै लैजाने तथा आवश्यकता का आधारमा थप नीति, कार्यविधि तथा निर्देशिकाहरु निर्माण गर्दै जानुपर्ने अनुगमन टोलीले सुझाव समेत दिएको छ ।