टीकापुर, ९ भाद्र/टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका महिला उपसमिति संयोजक कल्पना जैशीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय ललिता सुनार प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति सुदूरपश्चिम प्रदेश सेती क्षेत्र प्रमुख महात्मा क्षमा वाइज्यू तथा ब्रह्म कुमारी ईश्वरीय विश्व विद्यालय टीकापुरका सञ्चालिका सीता तिमिल्सिना विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बहादुर साउँद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शेयर सदस्य जगत कुमारी जैशीले संचालन गर्नुभएको कार्यक्रममा सृजना शर्मा पण्डितले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारहरु, कर्मचारीहरु तथा शेयर सदस्य महिलाहरुको उपस्थिति रहेको थियो ।