‘जनताको साथमा नेपाली कांग्रेस’ अभियानको उद्घाटन

टीकापुर, ११ भाद्र/नेपाली कांग्रेसले शुक्रवार देशभर चुनावी अभियान शुरु गरेको छ । ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान ७७ वटै जिल्लामा एक साथ उद्घाटन भएको हो । यसै क्रममा कैलालीमा पनि अभियान शुरु भएको छ । अभियानको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले टीकापुरमा अभियानको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य सवादले अभियान मार्फत जनतामा जान र जनताको भावना बुझ्ने काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रजातन्त्रमा कुनै पनि पार्टीले जनताको प्रतिनीधित्व ग¥यो कि गरेन भन्ने मापन गर्न जरुरी छ भन्नुभयो । ‘‘जनताको बदलिएको आकांक्षा बुझ्न सके मात्र नेपाली कांग्रेस बलियो हुन्छ ,’’ सावदले भन्नुभयो , ‘‘नेपाली कांग्रेसको नेतृत्वमा पहिलो र दोस्रो जनआन्दोलन सफल भएको कुरा आम जनतालाई थाहा छ ,अब जनताको आर्थिक अवस्था बलियो बनाउने गरी काम गर्नुपर्छ ।’’ २०७२ मा टीकापुरमा भएको घटनालाई राज्यले बल्झाउनु भन्दा समाधान गर्न तिर लाग्नुपर्छ भन्नुभयो । टीकापुर घटनाले पारेको असर बारे बोल्दै पूर्ब मन्त्री समेत रहनु भएका केन्द्रीय सदस्य सावदले २०७२ को घटना राजनीतिक बिबाद हो भन्ने बारेमा दुई मत नभएको बताउनुभयो ।
‘‘थारु समुदायका मुद्धा भावनात्मक मुद्धा भएकाले नेपाली कांग्रेस २०७२ को घटना का बारेमा गभिंर छ ,’’ सावद ले भन्नुभयो ,‘‘क्षेत्र नम्बर १ नेपाली कांग्रेसको गढ भएकाले सबैको भावना समेटर नेपाली कांग्रेस अघि बढ्नुपर्छ ।’’
कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्ब मन्त्री रामजनम चौधरीले आफु कैलाली क्षेत्र नम्बर १ बाट निर्बाचनमा उम्मेदवार हुने घोषणा गर्नुभयो । ‘‘गठबन्धन कैलालीमा मात्र होइन देशभर हो,’’चौधरीले भन्नुभयो,‘‘कांग्रेसलाई ५ निर्बाचन क्षेत्र मध्य तीनवटा भाग पर्छ , म क्षेत्र नम्बर १ बाट लड्ने घोषणा गर्दछु ।’’ टिकटका लागि दौडधुप गर्नु राम्रो हो भन्दै चौधरीले टिकट पाइसके पछि सबै सहयोग गर्नु कर्तव्य हो भन्नुभयो ।


क्षेत्रीय सभापति प्रकाश शाहको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य शुसिला मिश्र भट्ट, जीवन राणा, प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, जिल्ला सभापति नारायण दत्त भट्ट, राज्य मन्त्री टेकबहादुर रैका लगायतले अभियानलाई शसक्त बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसै गरी सभाषद् बुद्धिसागर चौधरी, महासमिति सदस्य कमल बहादुर शाह र नवराज रावल , पुर्ब महासमिति सदस्य फकिर सिंह कडायत, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य केशरी बिष्ट लगायत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत उपसभापिित परशुराम महतौं र सञ्चालन सचिब धनञ्जय रिमालले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिब केशव मिश्रले जिल्लाको अवस्था बारे जानकारी गराउनुभएको थियो ।