जनता सडकमा उत्रन जरुरी छ

सम्पादकीय
नेपालमा राजनीतिक दलका नेताहरुले नागरिकलाई ठग्ने काम मात्र गरिरहेका छन् । नागरिकले नागरिकता लिए वापत भनेजती कर तिर्नु बाहेक अरु सुबिधा पाउने अवस्था छैन । काम गरेर खाने वातावरण छैन । कर्मचारीले आफ्नो हात माथि पारेर नीति बनाउने अनी त्यहि नीति देखाएर नागरिकलाई सास्ती दिने काम गरिरहेका छन् तर राजनीतिक दलका नेताहरुले नागरिकलाई कसरी सहज हुन्छ भन्ने बारेमा ध्यान दिएको पाइदैन । कानूनको डण्डा लगाएर नागरिकलाई सास्ती दिने तर काम गरेर खाने वातावरण नबनाउने भएपछि देशमा युवा जनशक्ती पलायन हुनथालेको छ । युवा जनशक्ती पलाएन भएपछि देशमा उत्पादन हुने कुरै भएन । नेताहरु सत्ता र शक्तीको आडमा मोज गर्ने त्यतिले पुगेन भनेर तस्करीमा लाग्न थालेका छन् । पैसाका लागि जे पनि गर्न तयार हुने नेतृत्वले देश र जनताको बारेमा सोच्ने कुरै भएन । हरेक दलका शिर्ष नेताहरु र तिनका आसेपासे भ्रष्टाचारमा मुछिएका छन् । नेतृत्व भ्रष्टाचारमा फसेपछि कसले कसलाई कारबाही गर्ने ? ललिता निवास , सुनकाण्ड, भुटानी सरणार्थी प्रकरण लगायत अन्य थुप्रै प्रकरणका फाइल खोल्ने काम भयो तर ढाकछोप हुन थालेको छ । यसरी देश लुट्ने काण्डका बारेमा प्रहरीलाई छानविन गर्न दिनुको साटो छानविन गर्ने अधिकारीको सरुवा गरियो । देशमा बिक्रिती बढ्दै गएको छ नेताहरु एक आपसमा मिलेर देशमा लूट मचाउँदैछन् । देश संकटमा पर्दासम्म पनि नेताहरु आफुलाई सच्याउन तयार छैनन् । तसर्थ नागरिक सडकमा उत्रनुपर्ने अवस्था आएको छ । केही नेताहरु बसेर जे गरेपनि हुन्छ भन्ने मानसिकताको विकास हुँदैछ ,यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । नेताहरुलाई सुधार्नका लागि पनि नागरिक सडकमा आउनुपर्ने बाध्यता छ ।