सम्पादकीय
टीकापुरको विकासका लागि आम निर्बाचनमा स्थानीयले ध्यान पु¥याउन जरुरी छ । टीकापुर घर भएका र टीकापुरलाई माँया गर्ने हरेकले टीकापुरमा नेतृत्व छान्दा क्षमता भएको र पहुँच भएको हुनुपर्छ भन्ने गरेका छन् । जात , धर्म, लिङ्ग र क्षेत्रका आधारमा व्यक्ति छान्नु गलत हुन्छ । क्षमता भएको व्यक्ति भए मात्र टीकापुरको विकास हुने हो । टीकापुरको माटो बुझेको व्यक्तिलाई निर्बाचनमा बिजयी गरायौं भने मात्र विकास हुन्छ । विकास भएन भनेर कराउने अनी जनप्रतिनीधि छान्ने बेला ध्यान नदिने हो भने कसरी हुन्छ ? स्थानीय तहमा मेयर र उपमेयर बीच देखिएको अबिश्वासलाई बिश्लेषण गर्ने हो भने ५ बर्ष कसरी चल्ने हो भनेर आवाज उठ्न थालिसकेको छ । शुरुका दिनमा मेयर उपमेयरले गरेको कामको प्रशंसा भईरहेको थियो । नागरिक पनि खुशि थिए । सय दिनमै धेरै टिका टिप्पणी गर्नु राम्रो मानिदैन । तर जसरी नगरपालिका भित्र मेयर उपमेयरले पछिल्लो समय आफ्नो व्यबहार देखाइरहेका छन् यसबाट प्रष्ट हुन्छ की नागरिकले दुख पाउने निश्चित हो । एकातिर नगरपालिका असफल हुने अर्काे तर्फ प्रदेश र संघमा राम्रो जनप्रतिनीधि नआउने हो भने टीकापुर धरासायी हुन्छ । निर्बाचनका बेला पर्यटकहरु बढी आउने गरेका छन् । पर्यटकहरु आफ्नो स्वार्थका लागि आउने हुन् । पर्यटकहरु आएर जनप्रतिनीधि यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्नेहरुबाट सर्तक हुन जरुरी छ । टीकापुरको विकास टीकापुरमा बस्ने र टीकापुरलाई माूया गर्नेहरुबाट मात्र सम्भव छ । यस्ता बिषयमा टीकापुर र यस क्षेत्रका नागरिक सचेत हुन जरुरी छ । पार्टीका उम्मेदवारलाई नेता कार्यकर्ताहरुले आफ्नो निर्बाचन चिन्हमा मतदान गर्नु कर्तव्य हो तर आम नागरिकले स्वतन्त्र बिचार राखेर मत खसाल्न जरुरी छ । यदि आम नागरिक स्वतन्त्र मतदाता नबन्ने हो भने टीकापुर खण्डहरु बन्ने निश्चित हो । तसर्थ मंसिर ४ गतेको निर्बाचनमा सबै सचेत हुन जरुरी छ ।