सम्पादकीय
टीकापुर नगरपालिकाका जनप्रतिनीधि जिम्मेवार नहुँदा टीकापुरवासीले यस बर्ष विकासकोमुख देख्न पाउने भएनन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रडाको निकालेर जनप्रतिनीधिहरु आपसमा लडिरहेका छन् । वडाध्यक्ष देखि मेयर उपमेयर सबै जिम्मेवार भएको देखिदैन । विकासका सवालमा जनप्रतिनीधिसंग ठोस योजना छैन भने नगरपालिका भित्र अस्तव्यस्त छ । केही भ्रष्ट कर्मचारी र जनप्रतिनीधिको व्यबहारले नगरबासीले दुख पाउने अवस्था छ । जनप्रतिनीधिले कहाँबाट शुरु गर्दा राम्रो सुरवात होला भन्ने भेउ नै पाएका छैनन् । फजुल खर्च मनपरी भएको छ तर किवास भएन । एकातिर स्थानीय पालिकाको हालत यस्तो छ अर्काे तर्फ प्रदेश र संघका निर्बाचित जनप्रतिनीधिहरुको व्यबहार हेर्दा यो क्षेत्र जनप्रतिनीधि बिहिन अवस्थामा रहेको बुझ्न सकिन्छ । यस क्षेत्रका जनप्रतिनीधि संबेदनहिन भएकै कारण नागरिकले दुख बेहोर्नु परेको छ । नागरिकको आवश्यक्ता के हो भनेर पहिचान गरेर कार्यक्रम गर्नुको साटो कमिसन आउने कार्यक्रम मात्र रोज्ने गरेका छन् । जनप्रतिनीधि केवल स्वार्थमा लिप्त भएकै कारण नागरिकका समस्या जस्ताको तस्तै छन् । भोट माग्ने बेला जातीका कुरा गर्ने तर सत्तामा गएपछि भोट दिएका विपन्न नागरिकको समस्यामा ध्यान नदिने राजनीति कतिञ्जेल चल्छ ? नागरिकका लागि काम गर्छाै भन्ने जनप्रतिनीधिहरु नागरिकका सवालमा गम्भिर छैनन् । तसर्थ टीकापुरबासी एक भएर टीकापुरको विकासमा लाग्न जरुरी छ । जनप्रतिनीधिको मात्र भर पर्ने हो भने टीकापुर ध्वस्त हुने निश्चित हो ।