जनप्रतिनीधि र समाजसेवीले व्यबहार सच्याउन जरुरी छ

सम्पादकीय
गणतन्त्रमा जनप्रतिनीधि र समाजसेवीले आफ्नो व्यबहार जनचाहना अनुसार प्रदर्शन गर्न जरुरी छ । भन्नेबेला गणतन्त्र भन्ने नागरिकका आधरभूत आवश्यक्ताका बारेमा ध्यान दिएको पाइदैन । संबिधानमा शिक्षा , स्वास्थ्य र रोजगार ग्यारण्टी का कुरा गरेर संबिधानमा लेख्ने तर लागु गर्न पहल नगर्ने व्यबहारले नेताहरुप्रति जनआक्रोस बढ्दै गएको छ । जनभावना बुझेर काम गरेको भए नेपालको आर्थिक र सामाजिक अवस्थामा धेरै सुधार हुनेथियो । समाज र राष्ट्रका लागि केही योगदान गर्छु भन्ने सोच छ भने व्यबहार सुधार्न जरुरी छ । गणतन्त्रमा हरेक नागरिक भ्रष्ट छन् भन्ने सन्देश गएको छ । यसरी भन्दा राम्रा र इमान्दार नागरिकलाई ठेस पुग्छ । केही निश्चित व्यक्तिले अवसर पाएर समाज र देशको साधन स्रोतमा मोज गर्ने गरेका छन् । स्थानीय स्रोत र साधनमा मोज गर्न पल्केकाहरु समाजको हित भन्दा आफु र आफ्नाको हितमा लागेको पाइन्छ । यही द्वन्दका कारण समाज बिखण्डनमा फसेको छ । स्रोत साधन लुटेर मोज गर्दा देशमा अराजकता बढ्दै गएको छ । अहिलेको अराजकतालाई अध्ययन गर्ने हो भने ठूला दलका नेताहरुलाई विश्वास गर्ने अवस्था छैन । कसैलाई विश्वास गर्न नसकिने वातावरण बनाउने पनि सामाजिक अगुवा हुन् । सामाजिक अगुवाहरुले समाजलाई सही बाटोमा डो¥याउनेगरी व्यवहार देखाउन जरुरी छ । समाजमा चरम भ्रष्टाचार छ । भ्रष्टाचार र वेथिती रोक्ने सवालमा सबै चनाखो हुन जरुरी छ । जनप्रतिनीधिहरुले जनताको सवालमा खरो भएर काम गर्नुपर्छ । तीन तहका सरकार छन् भनेर जनताले खुसी मनाउने अवस्था छैन , यसको एउटै कारण हो अधिकांस जनप्रतिनीधि भ्रष्ट भएर हो । देश र जनताका लागि मात्र होइन आफ्नो सम्मानका लागि पनि जनप्रतिनीधि र समाजसेवीले आफ्नो व्यबहार सुधार्न जरुरी छ ।