जनभावना अनुसार हिँड्ने बानी बसाल

सम्पादकीय
सामाजिक काम गर्छु भन्ने हरेक व्यक्तिले जनभावना अनुसार हिड्ने बानी बसाल्न जरुरी छ । जनताको लागि काम गर्छु भन्ने हो भने जनताको भावना बुझ्ने प्रयास गर्नुपर्छ । जनहितमा ध्यान गयो भने मात्र देश र जनताको हित हुन्छ । पछिल्लो समय जनहित भन्दा आफ्नो हितमा ध्यान दिएको पाइन्छ । आफ्नो स्वार्थलाई केन्द्रमा राख्दा समाजमा द्वन्द बढ्दै गएको छ । समाज र राष्टूका लागि केही योगदान गर्छु भन्ने सोच छ भने व्यबहार सुधार्न जरुरी छ । गणतन्त्रमा हरेक नागरिक भ्रष्ट छन् भन्ने सन्देश गएको छ । यसरी भन्दा राम्रा र इमान्दार नागरिकलाई ठेस पुग्छ । केही निश्चित व्यक्तिले अवसर पाएर समाज र देशको साधन स्रोत लुट्ने गर्ने गरेका छन् । सार्वजनिक साधन स्रोत लुट्नमा व्यस्त भएपछि सत्ता र शक्तिको दुरुयोग हुन थालेको हो । स्थानीय स्रोत र साधनमा लुट्न पल्केकाहरु समाजको हित भन्दा आफु र आफ्नाको हितमा लागेको पाइन्छ । समाजमा देखिएको अहिलेको अराजकतालाई अध्ययन गर्ने हो भने ठूला दलका नेताहरुलाई विश्वास गर्ने अवस्था छैन । नागरिकको आवाज बोक्ने जो कोहीको पनि जनता पछि लाग्न तयार छ भनेर दुर्गा प्रसाईको आन्दोलनले देखाइसक्यो । त्यति मात्र होइन यतिबेला राप्रपाका नेता ज्ञानेन्द्र शाह , बालेन शाहको पक्षमा नागरिक देखिन थालेका छन् । नागरिक कसले राम्रो काम गर्ने हो भनेर खोज्दै छन् । जनभावना बुझ्ने नेतृत्वको खोजी भइरहेको छ । यस्तो अवस्थामा ठूला राजनीतिक दलका राम्रा नेता तथा कार्यकर्ताले पनि अपमान बेहार्नु परेको छ । राम्राले खासै अवसर पाएका छैनन् तर गाली खानु परेको छ । कसैलाई विश्वास गर्न नसकिने वातावरण बनाउने पनि सामाजिक अगुवा हुन् । सामाजिक अगुवाहरुले समाजलाई सही बाटोमा डो¥याउनेगरी व्यवहार देखाउन जरुरी छ । समाजमा चरम भ्रष्टाचार छ । भ्रष्टाचार र वेथिती रोक्ने सवालमा सबै चनाखो हुन जरुरी छ । तसर्थ आम नागरिक पनि सचेत हुन जरुरी छ । समाजका भएका गतिबिधि नियाल्न जरुरी छ । राम्रो नराम्रो छुट्याउन नसक्ने समाजमा गलत मान्छे हाबी हुन्छन् ।