जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण

टीकापुर,२९ चैत्र/टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले आफ्नो जन्मदिनको अवसरमा टीकापुर अस्पतलमा भर्ना भएका बिरामीहरु लाई फलफूल वितरण गर्नुभएको छ ।


अध्यक्ष सोडारीले बुधबार बिहान अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गर्नुभएको हो । बिरामीहरु लाई स्याउ, केरा, अंगुर बितरण गर्नुभएको हुो । अध्यक्ष सोडारीले फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा बिरामीलाई फलफूल दिएर मनाउँदा खुशी मिल्ने बताउनु भयो ।
उहाँले बिरामी, असहायहरुलाई सेवा,सहयोग गरेर जन्मदिन मनाउदा आनन्द आउने बताउदै अरुलाई पनि जन्मदिन तडक भडक भन्दा पनि सेवा, सहयोग गरेर मनाउन आग्रह गर्नुभएको छ ।
फलफूल वितरण कार्यक्रममा अध्यक्ष सोडारी संग उहाँकी धर्मपत्नी,छोरा र छोरी समेत सहभागि थिए ।