जानकी गाउंपालिका का बाढीपिडीतलाई राहत वितरण

टीकापुर, १० असोजरजानकी गाउँपालिका का बाढीपिडीत परिवारलाई राहत वितरण गरिएको छ । एक साता अघि आएको बाढी र डुबानले पुर्ण रुपमा घरमा क्षति भएका १२ परिवारलाई राहात बितरण गरीएको छ ।
बाढी र डुबानबाट पुर्ण रुपमा घरमा क्षति भएका वडा नम्बर २ र ४ का १÷१ परिवार र वडा नम्बर ७ का १० परिवार गरि जम्मा १२ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा राहत वितरण गरिएको छ ।


प्रतिपरिवारलाई चामल २५ किलो, नुन १ किलो, दाल २ किला, तेल २ लिटर, मिक्स मसाला, बेसार खुर्सानी १÷१ किलो, त्रिपाल १ थान, भाडाँकुडा १ सेट र सरसफाइको सामग्री बितरण गरीएको नेपाल रेड्क्रस सोसाइटी उपशाखा टीकापुरका पुर्व सभापति तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक जगदिश्वर पण्डितले जानकारी दिनुभयो ।
राहात पाएपछि बाढीपिडीतहरु खुसी भएका छन् । एक साता अघि आएको बाढी तथा डुवानमा परी जानकी गाउँपालिकामा २ सय ९२ परिवार प्रभावित भएका थिए । जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले बाढीबाट डुबान हुँदा गाउँपालिकाले तत्काल गर्न सक्ने राहत सहयोगको कार्यक्रम संचालन गरेको र बाढी प्रभावित परिवारलाई उच्च स्थानमा राख्ने, खाना र बस्नको व्यवस्थापन गर्ने, स्वास्थ्य चेकजाँचको कार्य गरेको बताउनु भयो ।
अध्यक्ष चौधरीले अहिले पुर्ण क्षति भएका परिवारलाई राहत सामग्री वितरण गरेको भएपनि क्षति भएर कोहि छुट्न गएको हुनसक्ने भएकोले तत्काल गाउँपालिकासँग समन्वय गर्न आग्रह गर्नु भयो । बाढीबाट प्रभावित भएका र आंशिक क्षति भएका परिवारको बारेमा गाउँपालिकाले कार्यपालिका को बैठकबसी सम्बोधन गर्ने योजनामा रहेको बताउनु भयो ।
बाढीपिडीत प्रतिपरिवारलाई करिब साढे १३ हजार बराबरको राहात सामाग्री बितरण गरेको नेपाल रेड्क्रस सोसाइटी कैलालीले जनाएको छ ।