जी–२० शिखर सम्मेलन

सम्पादकीय
शनिवारबाट भारतमा जी–२० सम्मेलन शुरु भएको छ । ‘एक पृथ्बी –एक परिवार –एक भविष्य’ नाराका साथ सम्मेलन शुरु भएको छ । जी–२० का सदस्य भारत र चीन छन् । जी–२० का सदस्य भएका भारत र चीनको बीचमा नेपाल छ । शक्तिराष्ट्रको बीचमा भएको नेपाललले फाइदा लिनुपर्ने हो । शक्तिराष्टूलाई बिश्वासमा लिएर आफ्नो आर्थिक प्रगतीमा लाग्नुको साटो नेपालका नेताहरु सत्तामा पु¥याइदेउ भन्दै दुई देशका नेताहरुको चाकडीमा लाग्ने गरेका छन्। हिजो राजाको साशनकालमा भएको पद्धतीलाई गाली गरेर सत्तामा आएका नेताहरु देश बलियो बनाउनतर्फ लाग्नुभन्दा सत्तामा जान मरिहत्ते गर्ने गरेका छन् । शक्तिराष्ट्रलाई देशको हितमा प्रयोग गर्नुभन्दा आफ्नो स्वार्थमा लागेका
छन् । शक्तिराष्ट्र बाट लाभ लिएर बिश्वमाझ आफ्नो छबि बनाउने अवसर हुँदाहुँदै नेताहरुले काम गर्न सकेका छैनन् । भारतको आडमा सत्तामा जाने अनी मोज गर्न पल्केका नेताहरु चीनको चाकडी गर्ने प्रयास गरेपनि चीनले खासै बिश्वास गर्दैन । मानव तस्करी र सुन तस्करमा लागेका नेताहरु देशको हितमा लाग्ने कुरै भएन । शिर्ष नेताहरुका सन्तान दुई नम्बरी धन्दामा लागेपछि नेपालको अवस्था कस्तो होला रु मुलुकको आर्थिक अवस्था खस्कदो छ । शक्तिशाली राष्ट्रबाट काम लिनुको साटो कहिले के ,कहिले के बोलेर चिढाउने गरेका छन् । शक्ति सन्तुलनमा लागेर आफ्नो काम गर्नुको साटो केवल सत्ता स्वार्थमा लागेका छन् । सत्ता स्वार्थमा लागेकाहरुले देशको हितमा सोच्ने कुरै भएन । आज देश गाण्तन्त्रसम्म पुग्दा तहस नहस भएको छ । भएका कमिकमजोरी सच्याएर अघि बढ्नुको साटो जनताको मुख थुन्ने प्रयास भइरहेको छ । तसर्थ नेताहरु सचेत हुन जरुरी छ । नागरिक ले पनि निगरानी गर्दै दबाब दिन जरुरी छ ।